SamwadKhabar logo

               

प्रदेश

मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन

प्रमिला भुजेल

प्रमिला भुजेल

मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन
फागुन २७, काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले आइतवार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए । मिटरब्याजका कारण आफ्नो घरबास नै उठेको बताउने ती पीडितको माग सम्बोधनका लागि वार्ता टोलीसमेत गठन भएको छ। टोलीका संयोजक अवधेश कुशवाहको संयोजकत्वमा गठन भएको टोलीले पटक-पटक सरकारी टोलीसँग वार्ता समेत गरेको छ। तर सत्ता समीकरणमा आएको फेरवदलका कारण उनीहरूको माग सम्बोधनका लागि भइरहेको वार्ता पनि प्रभावित भएको छ। यसअघिका वार्ता पनि निष्कर्षविहीन भएको र अब हुनुपर्ने वार्ता पनि प्रभावित भएपछि पीडितहरूले नयाँ तरिकाबारे सरकारप्रति सांकेतिक विरोध प्रदर्शनका कार्यक्रम गरेका हुन्। यसअघि यही फागुन २३ गते प्रदर्शन गर्नेक्रममा वार्ता टोलीका संयोजक कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी

१२ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ …

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…