योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति सम्मानित
जेठ ८, काठमाडौं । नेपाल मेडिकल कलेज ब्लड बैंकले योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिलाई प्रशंसा पत्र दिई सम्मान गरेको छ । समितिले वडा नं। ५ तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै रक्तदान कार्यक्रम गर्दै आएको छ भने यस पटक दोस्रो पटक मासिक रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ शिविर गरेको हो ।
उक्त कार्यको उच्च मुल्यांकन गरि गोकर्णेश्वर नगर प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र नेपाल मेडिकल कलेज ब्लड बैंकका संयोजक संजय आचार्यले योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समितिलाई सम्मान गर्नु भएको हो ।
नगर अध्यक्ष कृष्ण प्रसाद चौंलागाईले समितिको कार्यको मुल्यांकन गरी सम्मान गरेकोमा आभार व्यक्त गर्नु हुँदै आगामी दिनमा पनि सामाजिक कार्यमा समितिको तर्फबाट सहयोग गर्ने बौद्ध खबरलाई बताउनु भयो ।
प्रशंसा पत्र नेपाल मेडिकल कलेज, ब्लड बैंक रक्तसञ्चार विभागका कार्यक्रम संयोजक सञ्जय आचार्य लगायतको व्यक्तित्वहरुको उपस्थितीमा वडा नं। ५ का वडा सदस्य श्री बहादुर योगीले हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल मेडिकल कलेज ब्लड बैंकले प्रदान गरेको प्रशंसा पत्रमा भनिएको छ उत्कृष्ट मानवीय सेवाभावबाट अभिप्रेरित भई मिति २०८१र०२र०७ गोकर्णेश्वर वडा नं. ५ ले आयोजना गरेको मासिक रक्तदान कार्यक्रममा तपाई श्री ‘योगदान राष्ट्रको लागि, गोकर्णेश्वर नगर कार्य समिति’ले सहयोगी संस्थाको रुपमा अमूल्य सहयोग पुऱ्याउनु भएकोमा स(धन्यवादका साथ यो प्रशंसा(पत्र प्रदान गरिएको छ ।