SamwadKhabar logo

               

शिक्षा

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

प्रमिला भुजेल

प्रमिला भुजेल

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

१८ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।

परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि बोर्डको वेबसाइट http://www.see.gov.np/ बाट फाराम लिन सकिनेछ । ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

बोर्डले ०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा बिहीवार सार्वजनिक गरेको थियो । यो वर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थिए । 

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि

काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

२३ असार, काठमाडौं ।काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा…

एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई…

निःशुल्क शिक्षाका लागि बजेट थप गर्न मन्त्री श्रेष्ठको आग्रह

निःशुल्क शिक्षाका लागि बजेट थप गर्न मन्त्री श्रेष्ठको आग्रह

२१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षाला…

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

१८ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा…