SamwadKhabar logo

               

शिक्षा

एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

संवाद खबर

संवाद खबर

एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई अरुणिमाको सम्मान

असार २३, काठमाडौं । काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८० सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

समारोहलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले मुलुकमै गुणस्तरीय शिक्षा लिन सक्ने प्रचूर सम्भवना हुँदा हुँदै उच्च शिक्षाका लागि विदेशिनु उचित नभएको धारणा राख्नुभयो । सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरूको स्तरोन्नतिका लागि गोकर्णेश्वर नगरपालिका कटिबद्ध रहेको बताउँदै नगर प्रमुख रिसालले सबै विद्यालयले प्रविधिमा आधारित शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख रिसालले शिक्षा क्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै योगदानको अपेक्षा गर्नुभयो । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले समग्र मुलुकमा एसईईको नतिजा खस्किँदा पनि अरुणिमाले उत्कृष्ट नतिजा ल्याएको बताउनुभयो ।

अरुणिमा कलेजका प्रमुख केशव जोशीले मध्यम शुल्कमा कलेजले सबै प्रमुख संकायमा गुणस्तरीय शिक्षा प्रदान गरिररहेको जानकारी दिनुभयो । प्रतिष्ठान संचालक समितिका सदस्य बटुप्रसाद न्यौपाने, अरुणिमा एल्मुनाई एशोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठ लगायतले गुणस्तरीय शिक्षा लिन चाहने जो कोहीका लागि अरुणिमा उत्कृष्ट गन्तव्य भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यार्थीहरू, अभिभावक तथा अन्य अतिथिहरूलाई अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले स्वागत गर्नुभएको थियो । प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा मा.वि. बौद्धका ११० जना, नव अरुणिमा मा.वि. आरुबारीका ३९ जना र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ४३ जना विद्यार्थीहरू गरी जम्मा १९२ जना विद्यार्थीहरू सम्मानित भएका थिए । सम्मानित विद्यार्थीहरूलाई खादा लगाई सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै परीक्षामा सम्मिलित भई उत्कृष्ट नतिजा हासिल गर्ने अरुणिमा मा.वि., बौद्धका प्रतीक तामाङ र अभि कुमार सुवेदी, नव अरुणिमा मा.वि. आरुबारीका दिव्यांशु रिसाल एवम् अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका कृष्मा थापालाई नगद पुरस्कार सहित अभिनन्दन गरिएको थियो ।

समारोहमा विद्यार्थीहरूले आर्कषक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कलाकार सुबोध गौतमको हास्य प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको थियो । समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।

ताजा

सबै

काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब…

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

२७ असार, काठमाडौं । चितवनका २५ हजार ७ सय ३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका…

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

२७ असार, काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महा…

गोकर्णेश्वर नगरपालिकामा समूहगत तिज नृत्य प्रतियोगिता हुने

२६ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकामा आउँदो साउन २५ गते विवाहित महिलाहरुक…

लोकप्रिय

सबै

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

२३ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्त…

रसुवामा आएको बाढीमा बेपत्ता १८ जनाको पहिचान सार्वजनिक

२४ असार, काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलवार…

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

२३ असार, काठमाडौं । नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण …

यो पनि

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त …

सेवा र विकासका लागि युवाद्वारा गोकर्ण माविमा छात्रवृत्ति वितरण

सेवा र विकासका लागि युवाद्वारा गोकर्ण माविमा छात्रवृत्ति वितरण

२२ असार , काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वय मा गोकर्ण मा.विका विद्यार्थी…

काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृतिको अनलाइन आवेदन खुला

काठमाडौँ महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृतिको अनलाइन आवेदन खुला

१८ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृति परीक्षाको अ…

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा …