SamwadKhabar logo

राजनीति

कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

प्रमिला भुजेल

प्रमिला भुजेल

कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय

१० साउन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । आज बिहीवार बसेको रास्वपा केन्द्रीय समितिको बैठक अनुसार अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो । 

आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी छ । 

बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाड्नुभएता पनि योजना आयोगबाट राजीनामा दिएपछि पुनः पार्टीमा लाग्नुभएको छ । 

त्यसैगरी बैठकले पार्टीभित्र रहेका र उठेका धेरै विषयबारे छलफल गर्न क्लोज क्याम्पबारे छलफल भएको नेता झाले बताउनुहुँदै भन्नुभयो, “त्यो क्याम्पमा आज सभापतिले नेतृत्व गर्नुभएको छ । पार्टीका केन्द्रीय विभाग मनोनयन र अनुमोदन बाँकी सबै विभागहरूले कार्यविधि रिभ्यु गर्ने र त्यसकालागि प्रस्तुत गर्ने टिम पनि प्रस्ताव गर्ने निर्णय भएको छ ।” 

यसबाहेक पार्टीमा भएका घटना, अभियोग र उठेका सबै विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिएको रास्वपाले जनाएको छ । 
 
ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…