साउन १३, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ मा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्कको विस्तृत विवरण समेटिएको पुस्तक बिमोचन गरिएको छ । शनिवार जगडोल स्थित पार्क परिसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रि ऐन बहादुर शाहि ठकुरीले पुस्तक विमोचन गर्नु भयो ।
कार्यक्रममा संघीय सांसद शान्ति श्रेष्ठ, महिला आयोगको सदस्य कृष्ण कुमारी खतिवडा, पूर्व वागमति प्रदेश सभा सदस्य हुनुहुन्छ नारायण श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी तथा विभिन्न आन्दोलनका सहिद परिवार तथा जनआन्दोलन घाइते योद्धा परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वन तथा वातावरण मन्त्री ठकुरीले जलवायु परिवर्तनको विश्वव्यापि प्रभाव वा्े समुदायमा जागरण आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सहिद तथा शान्ति पार्कको विकासका लागि आफूले सँधैं सहयोग गर्ने बताउनु भयो ।
नगर प्रमुख दिपक रिसालले राष्ट्रिय सहिद तथा शान्ति पार्कको विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनु हुँदै पर्यटकीय हबको रुपमा विकास गर्ने संभावना माथि ध्यान दिएर कार्य गर्ने तयारी भईरहेको बताउनु भयो ।
उपमेयर सान्नानी लामाले पार्कको विकासमा स्थानीय सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सहिद तथा शान्ति पार्कको विकासमा योगदान दिने व्यक्तित्वहरुका लागि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।