SamwadKhabar logo

पालिका

नव गायक भेषराज सापकोटाको “जीवनको कथा” आत्माख्यान उपन्यास विमोचन

संवाद खबर

संवाद खबर

नव गायक भेषराज सापकोटाको “जीवनको कथा” आत्माख्यान उपन्यास विमोचन

साउन १३, काठमाडौं । नव गायक भेषराज सापकोटाको जीवनको कथा आत्माख्यान उपन्यास विमोचन भएको छ । शनिवार आरुबारी स्थित ग्रीन तारा चाइल्ड हेभन स्कुलमा संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले उपन्यास विमोचन गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणी लगायतका व्यक्तिहरुको आतिथ्यतामा भएको कार्यक्रममा युवा लेखक जीवनको भेषराज सापकोटाको जीवनको कथा आत्माख्यान उपन्यास माथि चर्चा भयो ।

संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले नव प्रतिभा सापकोटालाई उज्वल भविष्यको कामना गर्नु हुँदै आधुनिकताको नाममा नेपालको संस्कृति कमजोर बनिरहेको प्रति ध्यानाकर्षण गर्नु भयो । संस्कृत शिक्षा विद्यालयशिक्षाबाट हटाउदा आजका बालबालिका ज्ञानबाट वञ्चित भएकोमा चिन्ता व्यक्त गर्नु भयो । वैदेशिक रोजगार र विदेशिने प्रचललनले समाज र देशमा पर्ने समस्या देखिनथालेको प्रति सबै गम्भिर हुनु पर्ने बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख, दिपक रिसालले काठमाडौंको पुर्वी क्षेत्र अझ विशेष गरि आरुवारी र गोकर्णेश्वर क्षेत्र साहित्यको उर्वर भुमी भएकोमा जोड दिनु हुँदै नगरपालिकाल साहित्यिक क्षेत्रको विकासका लागि कार्य गरिरहेको बताउनु भयो ।

वरिष्ठ समाजसेवी विजय चालिसेले ‘यहि क्षेत्र हो जहाँ भैरव अर्याल, रमेश विकल, कञ्चन पुडासैनी, प्रा डा ऋषिराम पोखरेल लगायतका सिद्धहस्त साहित्यकार विद्वानहरुको जन्मभूमि कर्मभुमिमा भेषराज सापकोटा पनि नव प्रतिभा थप भएकाले नया प्रतिभालाई प्रोत्साहन सम्मान गर्न आवश्यक रहेको बताउनु भयो । चालिसेले अझै उत्कृष्ठ साहित्यकृति लेखनका लागि सापकोटालाई शुभकामना दिनु भयो ।

अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणी हुने बिरुवाको चिल्लोपात भने झै भेषराजको साहित्यिक सिर्जनशिलताको प्रशंसा गर्नुभयो । अध्ययन विना लेखिएका पुस्तक कमजोर हुने बताउनु हुँदै उहाँले पठन संस्कृति घटेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अध्यापक नारायण नेपालले जीवनको कथामा जीवनका यथार्थ कुराहरू संयोजन गरिएकोले युवा मनोविज्ञान बुझ्न आत्माख्यान उपन्यास महत्वपूर्ण हुने बताउनु भयो ।

भेषराज सापकोटाका सांगीतिक गुरु सुवास जोशीले ४ वर्षको उमेरदेखि आफुले भेषराजलाई नजिकबाट बुझेको स्मरण गर्नु हुँदै जोशीले १७ वर्षको उमेरमा जीवनको कथा लेख्नु असाधारण कार्य भएको बताउनु भयो । आरुबारीको हावापानी नै साहित्यिक रहेको बताउनु हुँदै जोशीले उपन्यासबार सापकोटा प्रशंसाको पात्र भएको बताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै नव उपन्यासकार भेषराज सापकोटाले आफ्नो जीवनका यथार्थ अनुभवलाई उपन्यासमा समेटिएको बताउनु भयो । सापकोटाले एसईई दिए पछिको समयलाई सदुपयोग गरि उपन्यास लेखेको बताउनु भयो । उपन्यास प्रकाशन तथा विमोचनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु हुँदै सापकोटाले जीवनलाई बुझ्न पनि आफु र आफ्नो अन्र्तमन बुझ्नु पर्ने आवश्यकता भएको बताउनु भयो र त्यसै क्रममा उपन्यास बनेको बताउनु भयो ।

कार्यक्रम ग्रीन तारा चाईल्ड हेबेन स्कुलका प्रिन्सिपल प्रकाश नगरकोटीको सभापतित्वमा भएको थियो भनें कार्यक्रम सञ्चालन आरुबारी डाँडागाउँ विकास समितिका अध्यक्ष राजेश दाहालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, ग्रीन तारा चाइल्ड हेभन स्कुलका शिक्षक शिक्षिका, विद्यार्थी, सापकोटाका सहपाठिहरुको उपस्थिती रहेको थियो ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न

१३ असोज, काठमाडौं ।नयाँपाटी बचत तथा ऋण सहकारी सस्था लि.को २७ औं साधारण सभा सम्पन्न…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…