SamwadKhabar logo

               

दुर्घटना

पोखरामा स्कुल बस दुर्घटनामा दुईजनाको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

प्रमिला भुजेल

प्रमिला भुजेल

पोखरामा स्कुल बस दुर्घटनामा दुईजनाको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

१४ साउन, काठमाडौं । विद्यार्थी लिन हिँडेको बस दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायका अनुसार घाइतेमध्ये जिएमसी अस्पतालमा १४ जना, गण्डकी अस्पतालमा १२ जना र मणिपाल शिक्षण अस्पतालमामा तीन जनाको उपचार भइरहेको छ ।

घुम्ती पार गर्नेक्रममा बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।
                                                 
 

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

५ कार्तिक, काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी भएक…

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

१८ असोज, काठमाडौं । आज बिहान सिन्धुलीको कमलामाईमा दशैंका यात्रु सवार माइक्रोबस दुर्…

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

१४ असोज, काठमाडौं । आज छहरेटोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका७ मा …

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…