SamwadKhabar logo

               

दुर्घटना

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

संवाद खबर

संवाद खबर

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

१४ असोज, काठमाडौं । आज  छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडा अनियन्त्रित भएर सो क्षेत्रमा दुर्घटना भएको हो । 

माइक्रोबस सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुग्नुभएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 

पृथ्वी राजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं. माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भए पनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । रासस
 

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

५ कार्तिक, काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी भएक…

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

१८ असोज, काठमाडौं । आज बिहान सिन्धुलीको कमलामाईमा दशैंका यात्रु सवार माइक्रोबस दुर्…

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

१४ असोज, काठमाडौं । आज छहरेटोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका७ मा …

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…