SamwadKhabar logo

               

शिक्षा

विशेष प्रस्ताव परित गर्दै कानुन विद्यार्थी सम्मेलन सम्पन्न, “न्यापपथ” काे केन्द्रीय समिति घाेषणा

संवाद खबर

संवाद खबर

विशेष प्रस्ताव परित गर्दै कानुन विद्यार्थी सम्मेलन सम्पन्न, “न्यापपथ” काे केन्द्रीय समिति घाेषणा

२७ साउन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा पोखरामा शुक्रबारबाट सुरु भएको दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन कानुन क्षेत्रको समसामयिक विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै उक्त सम्मेलन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ ।

साथै परिषद्ले कानुन आयाम कार्यका लागि “न्यापपथ ” नामकरण गरि सुदुपश्चिम विश्वविद्यालयमा अध्ययनरत जगेन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ केन्द्रीय समिति घोषणा गरेको छ ।

दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गर्नु भयो थियोे । अध्यक्ष घिमिरेले कार्यक्रममा बोल्दै दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको र कानुनको क्षेत्रमा अझै धेरै कार्यहरू गर्नु आवश्यक रहेको बताउनु भएको थियोे ।

पोखराको साइमन पार्टी प्यालेसमा भएको सम्मेलनमा देशभरबाट कानुन पढाई हुने ८ वटा विश्वविद्यालयको १४ वटा क्याम्पसबाट ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद्ले जनाएको छ ।

साउन २५ र २६ मा पोखरामा सम्पन्न भएको सम्मेलनमा कानुन अध्ययनरत विद्यार्थीहरूको वर्तमान अवस्था, समस्या चुनौती एवम् समाधानको मार्गको बारेमा व्यापक बहस पश्चात् विशेष प्रस्ताव पारित, कानुन विद्यार्थीहरूको व्यावहारिक सिकाईका लागि प्रयोगात्मक अभ्यास , कानुन विद्यार्थीहरूको सामाजिक र राष्ट्रिय भूमिका बारे बहस र अदालतका उच्च अधिकारीहरूसँग अनुभव आदन प्रदान तथा विशेष अन्तरक्रिया गरिएको परिषद्ले जनाएको छ ।

सम्मेलनमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा।डा। नवराज देवकोटा, विधि आयोग भारतका सदस्य प्रा.डा. राका आर्या, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सह(संगठन सचिव रमेश कण्डेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष वीरेन्द्र के.सी, कानुन कार्य प्रमुख भानु प्रकाश जोशी, अधिवक्ता निकेश कुमार लम्साल, वरिष्ठ अधिवक्ता प्रा।हेमराज गिरि लगायतको विशेष उपस्थिति रहेको थियो ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…