SamwadKhabar logo

शिक्षा

परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

संवाद खबर

संवाद खबर

परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२९ साउन, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको   श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । 

 मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिनुभयो । 

परिषद्ले यस वर्ष  भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाकाे समन्वयमा देशको १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने याेजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप साउन २९ गते मंगलबार परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंकाे गाेकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मा.वि. र बालसुधार मा.विबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेकाे छ । 

कार्यक्रममा  प्रमुख अतिथिका रूपमा  गाेकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर  सान्नानि लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, सेवा र बिकासका लागी युवाका बाग्मति प्रदेशका उपाध्यक्ष डा. प्रेमराज न्याैपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वि जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गाेकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि मा. वि.का प्राचार्य देवराज भट्टराई, बालसुधार मा. वि.का प्राचार्य हेमराज घिमिरे लगायत वडा सदस्यहरू,वि. वि.स. का सदस्यहरू, विद्यार्थी कल्याणकारी काेषका पदाधिकारी लगायतका व्यक्तित्वहरू विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ । 

उक्त कार्यक्रमकाे  सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गर्नु भएको थियोे ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…