SamwadKhabar logo

               

पत्रपत्रिका

शताब्दीपुरुष जोशी हुलाक टिकटमा

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

शताब्दीपुरुष जोशी हुलाक टिकटमा
काठमाडौं, माघ २१  गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको मुखाकृति अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा माघ २० गते मङ्गलबार आयोजित समारोहमा उहाँले हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको सो हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको हो । शताब्दीपुरुष जोशीले नेपाल राष्ट्रको गौरवलाई उचाइमा पु¥याउन दिनु भएको योगदान र कृतिहरूको उच्च कदर गर्दै उहाँको मुखाकृति अङ्कित हुलाक टिकट उहाँकै जीवनकालमा प्रकाशन ल्याउने सरकारको निर्णय अनुसार टिकट प्रचलनमा ल्याइएको हो । मन्त्रिपरिषद्को २०७६ चैत ९ गतेको निर्णय अनुसार हुलाक सेवा विभागले यो टिकट प्रकाशन गरेको हो । यो टिकटको मूल्य १० रुपियाँ दरको छ । विभागका अनुसार जोशीको मुखाकृति अङ्कित टिकट १० लाख थान छापिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शताब्दीपुरुष जोशीको तस्बिर अङ्कित हुलाक टिकट एउटा गौरवमय इतिहासको दस्तावेज भएको बताउनुभयो । उहाँले जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्वको रूपमा १०१ वर्षीय सक्रिय नायक भएकाले नागरिक तहबाट जीवनकालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गर्नुभयो । यसैगरी सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जोशीको जीवनीमाथि प्रकाश पार्दै मातृभाषा र राष्ट्रभाषामा लामो समयदेखि नेपाली लोकसंस्कृति, भाषा, साहित्य तथा कलाको क्षेत्रमा अनवरत शोधकार्यमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै हुलाक टिकट प्रकाशन गरिएको बताउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले जोशीद्वारा लिखित पाँचवटा कृतिको पनि विमोचन गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार ती कृतिमा चारुमती पूर्णाङ्की नाटक, नेपाल–चीनको सांस्कृतिक सम्बन्ध प्राचीन समयदेखि अरनिको समयसम्म, ललितपुरको कात्तिक नाचको पृष्ठभूमि र अरनिको श्वेत चैत्य तथा अङ्ग्रेजी भाषामा प्रकाशित ललितपुर सिटी अफ टे«डिसनल डान्स, ड्रामा एन्ड म्युजिक छन् । सोही समारोहमा राष्ट्रपति भण्डारीले जोशीले लेख्नुभएको र म्युजिक नेपालले प्रकाशन गरेको । क्रान्तिका लहर’ नामक सीडी पनि विमोचन गर्नुभयो । क्रान्तिका लहरमा विभिन्न ख्याति प्राप्त गायककार तथा सङ्गीतकारको स्वर र सङ्गीत रहेको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…