SamwadKhabar logo

               

कला / साहित्य

कवि सरस्वती श्रेष्ठको गणितका सूत्र कविता

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

कवि सरस्वती श्रेष्ठको गणितका सूत्र कविता

सरस्वती श्रेष्ठ

गणितका सूत्र

मेरा गणितका गुरू ! मैले घोकेका साध्य र ज्यामितीहरू आयतन र परिमितीहरू अनि ती बिजगणितका डरलाग्दा ’ए’ र ’बि’का सूत्रहरू खै कहाँ काम लाग्छन् ? जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले कैयांै मुर्गा बनाइएका थिए चौरमा कैयांै पटक उभ्याइएको थियो डेस्कमाथि र जबर्जस्ती जान्ने बनाइएको थियो मलाई, मानौ की मेरो जिन्दगी अब फलिफापको बाटोमा अगाडि लाग्यो तर अचेल मलाई हजारबार जिन्दगीले फेल घोषणा गर्छ, हिसाब मिल्दै मिल्दैन जिन्दगीको गुरु कुन सूत्र प्रयोग गरूँ म ? बाको रसिला आँखाको आयतन कसरी निकाल्नू आमाका हातको ठेलाको घनत्व कसरी नाप्नू प्यारीको मेरो अभाव र छोराको भोकको क्षेत्रफल निकाल्ने सूत्र के हो ? हजुरआमाको लौरी कुन सूत्रले अड्याउने ? माइनस् माइनस् प्लस हुने सूत्रमा ’दु:ख दुख’ सुख हुन नसकेर फेरि दु:ख नै हुनु पर्ने ’आँसु आँसु’ हासो नभएर पुन: आँसु नै हुनु पर्ने यो कुन नियम हो जो मलाई सिकाउदै सिकाइएन । ब्ल्याकबोर्डको त्रिभुज र चतुर्भुज खुब नापियो भित्री कोण र बाहिरी कोण नापियो डिग्री डिग्रीमा नापियो एन्गल एन्गलमा नापियो तर जिन्दगी त हजारौं भुजाले बन्दो रैछ न नापिन्छ न देखिन्छ कुनै दृश्यमा न लेखिन्छ न छापिन्छ कुनै पानामा भित्री कोण र बाहिरी कोण मात्र कहाँ रहस्य र जालझेलका करोडांै कोण हुदा रैछन् घात र प्रतिघातका अनगिन्ती एंगल हुदा रैछन् जसलाई अन्दाजसम्म गराइएन कि तैले यसरी पनि बाँच्नु पर्छ भनी । सिंगो परिवार बन्धकीमा राखेर हरियो पासपोर्ट बोकेर परदेश हिंडेको लाहुरेको गरूंगो पाइलाको ओएट (भार) कुन ग्रामले नाप्छ त्यो बिछोडिदाको मुटुको गति कुन मिटरले नाप्छ ती झरेका आँशु कुन लिटरले नाप्छ त्यो चोटको गहिराई कुन एकाईले नाप्छ गुरु यसका कुनै सूत्र छैनन् ? मेरा गणितका गुरु ! मलाई माफ गर्नुहोस् है तपाईको गणितमा जसोतसो ’उत्तिर्ण’ भएको म तर जिन्दगीको गणितमा लज्जास्पद तरिकाले ’उत्तारित’ पनि हुन नसकेर ’लत्तारित’ भैरहेको छु । गुरु ! मिल्छ भने भाइ बहिनीहरूलाई गणितसँग जिन्दगीको हिसाब पनि थोरै थोरै सिकाइदिनुस् न है ! साभार सरस्वती श्रेष्ठको फेसबुक पेजबाट

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…