SamwadKhabar logo

               

पत्रपत्रिका

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू
फागुन १६, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ ।  स्थानीय स्तरमै रोजगार सिर्जना गर्ने गरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएकोे हो । यस कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार पाएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिएका छन् । यस कार्यक्रमअन्तर्गत रहेर लाभग्राहीको सूचीमा परेका नगरभित्र २७६ जनाले दैनिक ५१७ रुपियाँ पारिश्रमिक पाउने गरी न्यूनतम ५० दिन रोजगारी पाउने प्रमुख खतिवडाको भनाइ छ । नगरभित्र बेरोजगारीको सङ्ख्या बढ्दो रहेकाले विदेशिनु परेको भन्दै गुजारा गर्न सहजताका लागि केही अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन् । लाभग्राहीलाई काम गर्नका लागि आवश्यक सामग्री औजारलगायतका सामानहरू खाँदबारी नगरपालिकाले नै उपलब्ध गराउने जनाएको छ । यस कार्यक्रमका लागि सबै वडाबाट छनोट भएकाहरूको जीवन बीमासमेत खाँदबारी नगरपालिकाले गरिदिने व्यवस्था गरेको जनाएको छ र उनीहरूको पारिश्रमिक बराबरको भुक्तानी बैङ्कमार्फत गरिनेछ । त्यसैगरी मूल्याङ्कनका आधारमा उत्कृष्ट काम गर्नेलाई पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ । लाभग्राहीले आआफ्नो वडाभित्र रहेका कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधारलगायतको कार्यमा समावेश भएर काम गर्नुपर्ने जनाएको छ । देशैभर रोजगार सिर्जना गर्र्नेगरी आएको यो कार्यक्रम खाँदबारी नगरपालिकामा पनि शनिबारबाट शुरू भएको हो ।  

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…