SamwadKhabar logo

               

पत्रपत्रिका

युट्युबमा नयाँ प्रयोग, बच्चाबच्चीको निगरानी गर्न मद्धत गर्ने

मोहन श्रेष्ठ

मोहन श्रेष्ठ

युट्युबमा नयाँ प्रयोग, बच्चाबच्चीको निगरानी गर्न मद्धत गर्ने
फागुन १६, काठमाडौं । बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ प्रयोग ल्याउँदैछ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित गर्दै युट्युबले उक्त नयाँ प्रयोग बजारमा ल्याएको छ । बच्चाबच्चीलाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि उक्त फिचर उपयोगी हुने बताइएको छ । स्मरण रहोस् युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका बच्चाबच्चीको लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ । आफ्नो पछिल्लो घोषणामा युट्युबले जनाए अनुसार आगामी दिनमा युट्युबले एक नयाँ फिचर सुरु गर्नेछ । जसले सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् । यसमा अभिभावकलाई ३ वटा भिन्नाभिन्नै कन्टेन्ट सेटिंग्स उपलब्ध गराइनेछ । ती निम्न छन्– १. एक्सप्लोर : युट्युब किड्सबाट बाहिर निस्किएर युट्युबमा विभिन्न थप सामाग्रीहरु खोज्ने र हेर्ने उमेरका बालबालिकाका लागि यो सेटिंग्स उपयुक्त हुनेछ । खासगरी ९ वर्ष र त्यसभन्दा माथिका बालबालिकाका लागि यो लक्षित छ । यसमा अभिभावकले भ्लग्स, ट्युटोरियल, गेमिंग भिडियो, म्युजिक क्लिप्स, समाचार, शैक्षिक सामाग्रीहरु लगायतका सामाग्रीहरु खोजेर आफ्ना बालबालिकाले हेर्न पाउने गरी सेटिंग गर्न सक्दछन् । २. एक्सप्लोर मोर : यो प्रयोग खासगरी १३ वर्षभन्दा माथिका बालबालिकाका लागि उपयुक्त हुनेछ । यसमा बालबालिकाले अझै व्यापक प्रकारका भिडियोहरु हेर्न पाउँछन् भने युट्युबमा लाइभ स्ट्रिम समेत हेर्न पाउनेछन् । ३. मस्ट अफ युट्युब : यो सेटिंग्समा चाहिँ बालबालिकाले युट्युबमा लगभग सबै खाले भिडियोहरु हेर्न पाउँदछन् । यद्यपि उमेरगत बन्देज रहेका भिडियोहरु चाहिँ हेर्न पाइनेछैन । यसका साथै अलि बढी उमेरका किशोर किशोरीका लागि उपयुक्त हुने संवेदनशील विषयवस्तुका सामाग्रीहरुमा समेत नियन्त्रण गर्न सकिनेछ । युट्युबका अनुसार आफ्ना बच्चाबच्चीहरु युट्युबको वृहत संसारमा आफूलाई मन पर्ने र उपयोगी सामाग्रीहरु खोज्न र हेर्न सक्षम भैसकेका छन् भन्ने निष्कर्षमा पुगेका अभिभावकहरुका लागि यो फिचर डिजाइन गरिएको हो । यस्तो फिचरमा कुन–कुन भिडियोहरु राख्ने भन्ने कुरा निधो गर्नका लागि प्रयोगकर्ताहरुको पृष्ठपोषण, मेसिन लर्निंग तथा समीक्षाहरुलाई आधार लिइने युट्युबले आफ्नो ब्लग पोष्टमा जनाएको छ । उक्त फिचरमा युट्युबबाट गरिने किनमेल, क्रिएसन र कमेन्ट्स जस्ता अप्सनहरु निस्क्रिय पारिनेछ । साभार: एजेन्सी

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…