SamwadKhabar logo

               

पत्रपत्रिका

गर्मी मौसममा उखुको जुस खानु फाइदै फाइदा

संवाद खबर

संवाद खबर

गर्मी मौसममा उखुको जुस खानु फाइदै फाइदा
फागुन १७, काठमाडौं । गर्मी मौसममा उखुको जुस खानु लाभदायक मानिन्छ । हरेक मान्छेको शरीरमा गर्मीको समय लागेसंगै पानीको मात्रा कम हुने गर्दछ । गर्मी मौसममा पानीका साथै उखु लगायतको जुस खानु राम्रो हो । उखुको जुस खादाको फाइदाहरू: गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । विशेषगरी नेपालको तराई भेगमा यस्तो जुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी भूमिका खेल्छ । अम्लपित्त रोगका लागि उखुको जुस धेरै फाइदाजनक मान्ने गरिन्छ । उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ । जाडो मौसम सकिएर गर्मी मौसम शुरु भएपछि मान्छेमा रुघाखोकी ज्वरो जस्ता समस्या देखिन सक्छ । गर्मीमा हुने ज्वरो जस्ता समस्याहरु निको पार्नको लागि उखुको जुस प्रभावकारी हुने चिकित्सकहरू बताउँछन् । पौष्टिकताको हिसाबले एक गिलास उखुको जुसमा कमसेकम १८० क्यालोरी शक्ति मिल्ने गर्छ । यसमा थोरै कागती र नुन पनि मिसाएर पिउन सकिन्छ । डण्डीफोरबाट मुक्ति नियमित उखुको जुस पिउनुले डण्डीफोर ठीक गर्ने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रूपमा पनि लगाउन सकिन्छ । हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ । शरीरमा शक्ति प्रदान गर्नको लागि उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एवं मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ । कमलपित्तबाट कम गर्न कमलपित्त ठीक गर्नको लागि दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनुपर्छ। यदि उखुको मौसम होइन भने पनि चिनी राखेको सर्वतमा कागती राखेर पनि खान सकिन्छ । मधुमेह कम गर्नु यदि तपाईं मधुमेहको शिकार बन्नु भएको छ भने पनि उखुको जुस पिउन सक्नुहुन्छ । किनकि यसले शरीरमा ग्लुकोजको तहलाई सन्तुलित गराउने काम गर्छ । वान्ता रोक्न गर्मी मौसममा उखुको जुस खानुले वान्ता रोक्न मद्दत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्दत गर्ने गर्छ । पिसाब पोल्ने समस्याको समाधान उखुको जुसले गर्मीमा पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथमा मूत्रसम्बन्धी समस्या पनि समाधान गर्ने गर्छ । वजन नियन्त्रण गर्न यसको स्वाद गुलियो हुनुका बाबजुद पनि यसले वजन नियन्त्रणमा भूमिका खेल्ने गर्छ । यसले हाम्रो शरीरबाट खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्ने गर्छ । यो घुलनशील फाइबरबाट भरिएको हुन्छ । जुन वजन कम गर्न मद्दत मिल्ने खालको हुन्छ । साभार: सामाजिक सञ्जालबाट

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…