SamwadKhabar logo

               

पत्रपत्रिका

ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी ४९ घर पूर्ण रूपमा जलेर नष्ट

संवाद खबर

संवाद खबर

ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी ४९ घर पूर्ण रूपमा जलेर नष्ट
फागुन १९, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा मंगलबार बिहान भीषण आगलागी भएको छ । सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका ४९ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । दोभान बाजारमा रहेका ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए । ४९ घरमा डेरा गरी बस्ने २२ परिवार पनि विस्थापित बनेका छन् । आगलागी नियन्त्रणका लागी फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र, दमकल, एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयसहितको जनशक्ति आगो नियन्त्रणमा जुटेको राणाले बताए । दुई नदीको बीचमा रहे पनि पानीको प्रयोग गर्न स्थानीय सरकार असफल भएको छ । एकातर्फबाट तमोर नदी र अर्कातर्फ मैवाखोला बगेको छ । तर, दुई खोलाको बीचमा रहे पनि पानीको सदुपयोग गर्न गाउँपालिका असक्षम बनेको छ । तत्काललाई आगलागी नियन्त्रण भए पनि पुनः फैलन सक्ने अवस्था रहेकाले प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणलगायतका जनशक्ति आगो निभाउन खटिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । आगो दोभान बजारनजिक खाम्लुङको साक्फारा भीर क्षेत्रमा पनि प्रवेश गरेकाले थप क्षतिको सम्भावना भएको प्रहरीले जनाएको छ । बजारका बाँकी रहेका घर तथा पसलसम्म फैलिन नदिने गरी आगो निभाउने कार्य भइरहे पनि जंगल क्षेत्रमा पसेको आगो भने नियन्त्रणबाहिर छ । ताप्लेजुङका स्थानीय सरकारसँग आगलागीसम्बन्धी वास्तविक योजना नहुँदा आगो तत्काल नियन्त्रणमा आउन नसक्दा धेरै क्षति हुने गरेको छ । बर्सेनि आगोको लपेटामा परेर सयौँ परिवार घरबारविहीन बनेका छन् भने करोडौँबराबरको क्षति बेहोर्नुपरेको छ । सदरमुकाम फुङलिङ बजारमा बर्सेनि आगलागी हुने गरेको छ । तर, एक मात्र बारुणयन्त्र वेलैमा घटनास्थलमा नपुग्दा ठूलो क्षति हुने गरेको छ । https://fb.watch/3_X_9pMUcq/  

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…