SamwadKhabar logo

               

युवा

पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड शुरू

संवाद खबर

संवाद खबर

पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड शुरू
चैत्र ११, हेटौंडा ।  मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंगलबारबाट शुरू भएको छ । बागमती गाउँपालिका वडा नं ४ को झुरझुरेमा भएको प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गर्नुभएको हो । गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रम देवकी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र थापाकाको सभाध्यक्षतामा भएको थियो । प्रतियोगिताको सहजीकरण देवकी माविका शिक्षक नवराज उप्रेती र पदम बडुवालले गर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत् १ सय मिटर दौडको छात्रतर्फ देवकी माविका अष्टमान हिमडुङ प्रथम, सूर्य माविका किशोर माझी द्वितीय र जनता माविका निसाल गोले तृतीय भए । छात्रातर्फ १ सय मिटर दौडमा जनता माविकी रचना राना प्रथम, देवकी माविकी करुणा माझी द्वितीय र देवकी माविकै पवित्रा थापा तृतीय भइन् । छात्रतर्फको २ सय मिटर दौडमा सूर्य माविका किशोर माझी प्रथम, देवकी माविका अष्ट हिमडुङ द्वितीय र जनता माविका उमेश थिङ तृतीय भए । छात्रातर्फ २ सय मिटर दौडमा देवकी माविकी करुणा माझी प्रथम, सूर्य माविकी रोजिना घिसिङ द्वितीय र जनता माविकी सृजना रावत तृतीय भइन् । छात्र ८ सय मिटर दौडमा बागमती माविका लक्ष्मण माझी प्रथम, देवकी माविका जीवन सिङ्तान द्वितीय र सूर्य माविका डीएन राई तृतीय भए । छात्रातर्फ ८ सय मिटर दौडमा बागमती माविकी अञ्जु गोले प्रथम, जनता माविकी सपना केसी द्वितीय र सूर्य माविकी स्वस्तिका माझी तृतीय भइन् । छात्रतर्फ १५ सय मिटर दौडमा बागभैरब माविका भिषण रानामगर प्रथम, देवकी माविका प्रभात पुलामी द्वितीय र देवकीकै पवन परियार तृतीय भए । छात्रातर्फ १५ मिटर दौडमा सूर्य माविकी अञ्जली श्रेष्ठ प्रथम, देवकी माविकी गीता माझी द्वितीय भइन् । छात्रतर्फ सट–पुटमा सूर्य माविका युवराज माझी प्रथम, देवकी माविका उमेश माझी द्वितीय र जनता माविका सन्दिप दोङ तृतीय भए । छात्रातर्फ देवकी माविकी धनमाया माझी प्रथम, देवकी माविकै सुस्मिता थोकर द्वितीय र बागमती माविकी पूजा लामा तृतीय भइन् । छात्रतर्फ ज्याभलिङ–थ्रोमा जनता माविका वीरबहादुर गोले प्रथम, देवकी माविका अर्जुन घिसिङ द्वितीय र सूर्य माविका जीवन माझी तृतीय भए । महिलातर्फ ज्याभलिङ–थ्रोमा देवकी माविकी धनमाया माझी प्रथम, जनता माविकी सृजना केसी द्वितीय र सूर्य माविकी विनु माझी तृतीय भइन् । भलिबलमा छात्रतर्फ जनता मावि प्रथम र बागभैरब मावि द्वितीय भए । यस्तै, छात्रा भलिवलतर्फ पनि जनता र बागभैरब नै क्रमशः प्रथम र द्वितीय भए । बाँकी विधाका खेलहरु बुधबार हुने आयोजक देवकी माविका शिक्षक पदम बडुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता र उपविजेता हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…