SamwadKhabar logo

               

युवा

विद्यार्थी परिषद्को रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

संवाद खबर

संवाद खबर

विद्यार्थी परिषद्को रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
चैत्र २३, विराटनगर ÷ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन नेपालको ऐतिहासिक तथा औद्योगिक क्षेत्र विराटनगरको अतिथि सदनमा सम्पन्न भएको छ । विराटनगरमा चैत्र २० गतेबाट सुरू भएको अधिवेशन २२ गते आइतबार सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले गर्नु भएको थियो । उद्घाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, प्रमुख अतिथि नेपाल विद्युत प्रधिकरणका पुर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ, विशिष्ठ अतिथि राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकर, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, व्यवसायी, वेणीगोपाल मुन्दडा, समाजसेवी, नोवेल मेडिकल कलेजका कार्यकारि निर्देशक इन्दिरा शर्मा, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, प्रदेश सचिव कटुवाल, लगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारी, अखिल भारतिय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहान साथै समाजका सामाजिक, आध्यात्मिक, व्यवसायीहरूको विशेष उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि घिसिङले देश विकासका लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेको र प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको कार्यले त्यस्तो व्यक्ति निर्माण गर्ने कुरामा विश्वस्त रहेको कुरा व्यक्त गर्नु भएको थियो । अधिवेशनमा साङ्गठनिक प्रशिक्षण, देशको समसामयिक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक, समसामयिक र कोरोना महामारि पछिको अर्थतन्त्रको विशेष प्रस्ताव पारित गरिएको थियो । परिषद्ले राष्ट्रिय अधिवेशन मार्फत प्रदान गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट युवा उद्यमी झापा जिल्लाका देविका बुढाथोकीलाई सम्मान गरेको छ । यस्तै विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशनबाट ६० सदसिय केन्द्रीय कार्यकारिणी समिति पुनःगठन गरेको छ । परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट डा.गोपीनाथ कँडेल राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएका छन् । भने राष्ट्रिय उपाध्यक्षमा प्रा.दयाराम पौडेल (चितवन), अच्युतपन्त (रुपन्देही) र पुष्पराज खतिवडा (तनहुँ) चयन भएका छन् । यस्तै गरी परिषद्को राष्ट्रिय महासचिवमा छितराज न्यौपाने (काठमाडौँ) चयन भएका छन् । भने राष्ट्रिय सचिवहरूमा घनश्याम नायक (पर्सा), नारायणप्रसाद तिमिल्सिना (कीर्तिपुर), प्रकाश शर्मा (कास्की), वर्षा सापकोटा (नवलपुर), बाबुराम मरासिनी (रूपन्देही), अनुराग पाण्डे (रूपन्देही), राधा पोखरेल (पाल्पा) र दिनेश कार्की (सुर्खेत) चयन भएका छन् । यस्तै राष्ट्रिय सङ्गठन सचिवमा नारायणप्रसाद ढकाल (काठमाडौँ) र राष्ट्रिय सह–सङ्गठन सचिवमा रमेश कँडेल (पोखरा) चयन भएका छन् । परिषद्को राष्ट्रिय मिडिया प्रमुखमा कृष्णप्रसाद हुमागाई (काठमाडौँ), राष्ट्रिय छात्रा प्रमुखमा लक्ष्मी कर्ण (पर्सा), सह–छात्रा प्रमुखमा निशा क्षेत्री (रूपन्देही) र सृष्टि जोशी, राष्ट्रिय व्यवस्था प्रमुखमा केशव राजपन्थी (काठमाडौँ), सह–व्यवस्था प्रमुख विदुर विक्रम थापा (काठमाडौँ) चयन भएका छन् । यस्तै, केन्द्रीय सचिवालय प्रमुख देवराज रिजाल (काठमाडौँ), केन्द्रीय कार्यालय प्रमुख निरन्जन सोती (काठमाडौँ), राष्ट्रिय जनजाति कार्य प्रमुखमा चन्द्रशेखर जोशी (काठमाडौँ), राष्ट्रिय साहित्य कार्य प्रमुखमा बद्री भट्टराई (रूपन्देही) र राष्ट्रिय साहित्य सह–प्रमुखमा खगिन्द्रा खुसी ‘दाहाल’ (झापा) चयन भएका छन् । यस्तै कानुन अध्ययन संस्थाको कार्यका लागि मिलन अधिकारी चयन भएका छन् । यसैगरी केन्द्रीय सदस्यहरूमा जीवन निरौला (मोरङ), मनिप ओझा (मोरङ), कविता पोखरेल (मोरङ), मोहन ढकाल (मोरङ), एञ्जिला चापागाई (मोरङ) चयन भएका छन् । यस्तै अजय यादव (सुनसरी), सौरभ विक (सुनसरी), प्रेम कार्की (सङ्खुवासभा), प्रदीप बुढाथोकी (धनकुटा), सुमन दाहाल (खोटाङ), नवीन पौडेल (सप्तरी), उमेश भण्डारी (धनुषा) चयन भएका छन् । यस्तै रुपेश झा (धनुषा), रुजावी क.(महोत्तरी), शनि गुप्ता (पर्सा), जागृत सुवेदी (मकवानपुर), लक्ष्मण तामाङ (मकवानपुर), उन्नति कँडेल (चितवन), बालविक्रम राना (कीर्तिपुर), कृष्ण चापागाई (काठमाडौँ), सवित लामिछाने (काठमाडौँ), पविता लिम्बू (ललितपुर), राधा ढकाल (लमजुङ), सन्तोष चापागाई (कास्की) चयन भएका छन् । यसैगरी हेमन्त अवस्थी (लमजुङ), अशोक तिवारी (कास्की), अर्जुन बराम (कास्की), मधुसुदन न्यौपाने (कास्की), प्रदीश पौडेल (कास्की), पृथ्वीनारायण शर्मा (पर्वत), विनोद पौडेल (नवलपुर), नन्दराम भट्टराई (अर्धाखाँची), सुमन गोपाल आचार्य (नवलपरासी), गणेश भुषाल (रूपन्देही), दीपक ढकाल (रूपन्देही), कमल कोइराला (रूपन्देही) चयन भएका छन् । यसैगरी भीम खरेल (बाँके), भीम रोकाया (बाँके), केशव चौलागाई (कालिकोट), शारदा पछाई (जुम्ला), धीरेन्द्र काफ्ले (जुम्ला), दिवस पोखरेल (कैलाली), चक्र साउद (कैलाली), मनिराम चौलागाई (कैलाली), सुबोध चटौत (कञ्चनपुर), अर्जुन महरा (कञ्चनपुर), भरत कैनी (डडेलधुरा), निर्मला स्वाँर (अछाम), गणेश अधिकारी (अछाम) र करण साउद (डोटी) चयन भएका छन् । यस्तै आठौँ राष्ट्रिय अधिवेशनले विशेष आमन्त्रित सदस्यमा प्रा.डा. रामजी गौतम (काठमाडौँ) लाई चयन गरेको छ । आमन्त्रित सदस्यहरूमा डा. विजु थपलिया (मोरङ), ममता न्यौपाने (चितवन), अवलेशप्रसाद गुप्ता (काठमाडौँ), पदम भट्टराई (काठमाडौँ), खगेन्द्रबहादुर क्षेत्री (बर्दिया) र सुरेन्द्रप्रसाद भट्ट (कैलाली) चयन भएका छन् । यस्तै गण्डकी प्रदेश सङ्गठन सचिवमा प्रकाश शर्मा, लुम्बिनी प्रदेश सङ्गठन सचिवमा बाबुराम मरासिनी, कर्णाली प्रदेश सङ्गठन सचिवमा विष्णुप्रसाद पङ्गेनी र सुदूरपश्चिम प्रदेश सङ्गठन सचिवमा चन्द्रशेखर जोशी चयन भएका छन् । तिन दिन सम्म संचालन भएको रजत जयन्ति बर्ष विशेष अधिवेशनमा अलग–अलग सत्रहरू प्रदेश अनुसार बैठक, प्रदर्शनी उद्घाटन, ध्वजारोहण तथा उद्घाटन समारोह, महासचिव प्रतिवेदन तथा निर्वाचन, प्रस्ताव सत्र, भाषणः एक संकल्प राष्ट्रका लागि, भाषण ः विभिन्न विचारधारा र हाम्रो विचार, राष्ट्रय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान, प्रस्ताव पारित, युवा सम्बोधन, भाषणः परिषद्को बढदो गति र आगामी दिशा, सास्कृतिक कार्यक्रम, व्यवस्था परिचय, नयाँ कार्यकारिणी एवं प्रदेश अनुसार बैठक, समापन एवं ध्वजावतरण र नयाँ तथा पुराना कार्यकारिणी समिति बैठक पश्चात अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा विभिन्न क्षेत्रमा समाजका बौद्धिक, सामाजिक, व्यवसायीक, आध्यात्मिक साथै देशैभरबाट परिषद्का ५ सय भन्दा बढि विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…