SamwadKhabar logo

               

युवा

निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै

संवाद खबर

संवाद खबर

निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै
काठमाडौँ, असार ३० । निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् । ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने 'आई लभ यू केपी बा',  'केपी ओली जिन्दावाद' लगायतका नारा लगाएका छन् । लाउड स्पिकरमा राष्ट्रिय गीत बजाइएको छ भने समर्थकको जयजयकारका साथै हामी छिट्टै फर्कन्छौँ जस्ता नारा लगाइएका छन् । यस्तो भव्य बिदाइ देख्दा कतिपयलाई लाग्न सक्छ, वाह ! बिदाइ होस् त यस्तो । बिर्सन नहुने पक्ष के हो भने पूरा कार्यकालअगावै ओलीको बिदाइ हुनु उनका समर्थकले देखाउन खोजेको जस्तो महान् कामले नभई अलोकतान्त्रिक र संविधानविरोधी कदमले निम्त्याएको परिणाम हो । करिब साढे तीन वर्षअघि झण्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेका ओलीको बहिर्गमन यस प्रकृतिको होला भनेर कसले अनुमान गरेको थियो होला र ? २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण यसरी सम्भव होला भनेर पनि कसले अनुमान गरेको थियो होला र ? तर, परिस्थिति यस्तो बन्यो कि नेपालको राजनीतिमा अहिले अनुमानभन्दा परको घटनाले मूर्त रूप लियो । सत्ताबाट ओलीको बहिर्गमन र देउवाको सत्तारोहणको रूपमा । ओलीका लोकतन्त्र र संविधानविपरीतका कदमले आजको अवस्था सिर्जना भएकोमा दुईमत नहोला तर, देउवा पनि पटक-पटक परीक्षण भइसकेका पात्र हुन् । उनबाट पनि धेरै अपेक्षा भने गर्न सकिने अवस्था छैन । यसअघि चारपटक प्रधानमन्त्री बनिससकेका देउवाका उल्लेख गर्नैपर्ने कामहरू खासै केही पनि छैनन् । स्वाभाविक रूपमा यो पटक पनि धेरै अपेक्षा गर्न नसकिएला । तर, लोकतान्त्रिक व्यवस्था र संविधानमाथि आघात पर्ने कुनै कदम चाल्ने छैनन् भन्ने अपेक्षाचाहिँ धेरैको छ । एमालेभित्रको विवादले कुन रूप लिन्छ, त्यसले देउवा सरकारको भविष्य निर्धारण गर्नेछ । एमाले एक हुने अवस्थामा यो सरकाले चुनावी सरकारको नेतृत्व गर्ने सम्भावना देखिन्छ भने एमाले विभाजित बनेमा सम्भवतः प्रतिनिधिसभाको बाँकी कार्यकाल यही सरकाले नेतृत्व गर्नेछ । प्रसंग फेरि ओलीकै । जनादेशलाई अध्यादेशले विस्थापित गर्‍यो भनेर अभिव्यक्ति दिएका ओलीले हिजो सिंहदरबारबाट प्रधानमन्त्रीको रूपमा अन्तिम सम्बोधन दिँदै भनेका थिए, 'हामी जनादेशसहित फेरि फर्किनेछौँ ।' ओलीले आफ्नो सत्तारोहणलाई जति विशेष बनाए, बहिर्गमनलाई त्योभन्दा विशेष बनाएका छन् । बालुवाटारदेखि बालकोटसम्मको ओलीको यात्रा उत्सवमय छ । ओलीले बिदाइलाई पनि विशेष बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास छाडेर गृहप्रवेश गर्दाको ओलीको यो स्वभावको चर्चा पछि-पछिसम्म पनि हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…