SamwadKhabar logo

               

धर्मशास्त्र

राष्ट्रव्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुभारम्भ

संवाद खबर

संवाद खबर

राष्ट्रव्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुभारम्भ
काठमाडौं ३  भदौ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुभारम्भ भएको छ । आज ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा उद्घाटन कार्यक्रम आयोजना गरी अभियान शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति हिन्दू संस्कृति भएकोले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियान शुरु भएको बताए । उनले हिन्दु राष्ट्र धार्मिक विषय मात्रै नभएर नेपालको परम्परा देखिको साँस्कृतिक पहिचान भएको बताए । उनले सबै नेपालीको पहिचान, सम्मान, स्वाभिमान, अभिभाज्यतालाई बलियो बनाउन हिन्दुराष्ट्र चाहिएकोमा जोड दिए । जूममार्फत देशभरिका एक हजार भन्दा धेरै कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले ‘हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना’ विषयमा बौल्दै हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएकोमा जोड दिंदै देशमा विधर्मीको प्रभाव बढ्दै जाँदा अनेक समस्या बढीरहेको बताए । उनले हिन्दूलाई आफ्नो स्वाभिमान आफैंले जगाउन अगाडी बढ्न आग्रह गरे । शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले आफ्नो धर्म संस्कृतिको स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए । उनले विश्वका सबै सभ्यताका विविध आयामहरु वैदिक सभ्यताकै देन भएको दावि गरे । हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले हिन्दू धर्म संस्कृति विरुद्धको प्रचारको सशक्त प्रतिवाद गर्नु पर्ने बताए । तिम्सिनाले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान व्यक्तिलाई व्यक्तिसँग, समाजलाई समाजसँग जोडेर राष्ट्रिय गौरवसँग जोडिने अभियान भएको बताउँदै अभियानमा सक्रियताका साथ सहभागि हुन आग्रह गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य तथा अभियानबारे आफ्ना धारणा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए । उनले यस्ता विकृति विसंगती हटाउन संस्कार सहितको शिक्षामा जोड दिए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका अभियन्ताका अनुसार— हिन्दू राष्ट्रको धारणा सांस्कृतिक हो । हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान हो । नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ । भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो । यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ । यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो । हिन्दू राष्ट्रमा कुनै पनि संस्कृति लुप्त भएको छैन । सबै संस्कृतिहरूको संरक्षणको ग्यारेन्टी (सुनिश्चितता) हिन्दू राष्ट्र हो ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…