SamwadKhabar logo

               

सामाजिक सञ्जाल

गलत सूचना ट्वीट गर्ने विरुद्ध ट्वीटरले उजुरी लिने

देवराज रिजाल

देवराज रिजाल

गलत सूचना ट्वीट गर्ने विरुद्ध ट्वीटरले उजुरी लिने
भदौ ४, काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था भएपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् । व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइज्जती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको हो । गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । विशेष गरी राजनीति, जनस्वास्थ्य लगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्वीटरको प्रयास हो । कुनै ट्वीटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निस्क्रिय पारिदिने सम्मको योजना ट्वीटरले बनाएको जनाइएको छ । अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था मिलाइएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगितामा जोड

सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगितामा जोड

२४ मंसिर, काठमाडौं । नेपाल संवाद केन्द्रले आयोजना गरेको सामाजिक मिडिया कार्यशाला स…

सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?

सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?

इम्बोेस्ड नम्बर प्लेटमा अहिले राष्ट्रभाषालाई विस्थापित गरी अङ्ग्रेजी प्रयोग गराउन लागेको …

फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?

फेसबुकमा फलोअर्स किन ह्वात्तै घट्यो ?

असोज २६, काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले …

भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या

भारतकाे राजस्थानमा दुई मुस्लिमले एक जना हिन्दुको गरे हत्या

असार १५, काठमाडौं । भारतको राजस्थानमा मुसलमान समुदायका दुई जनाले एक हिन्दुको हत्या…