SamwadKhabar logo

               

धर्मशास्त्र

हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्छ, स्वामी केशवानन्द

संवाद खबर

संवाद खबर

हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्छ, स्वामी केशवानन्द
 काठमाडौं, भदौ । बिहिबार ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालय सँगै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी केशवानन्दज्यूले हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्ने कुरामा जोड दिनु भएको छ । नेपाली सेनाका पूर्व प्रधान सेनापती रूक्माङ्गद कटवालको संयोजकत्वमा सुरू हुन लागेको हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षाण परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले ‘हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना’ विषयमा बौल्दै हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएकोमा जोड दिंदै नेपालमा विधर्मीको प्रभाव बढ्दै जाँदा हिन्दुहरू माथी अनेक समस्या बढीरहेको ले । हिन्दूहरूले आफ्नो स्वाभिमान आफैंले जगाउन सबै हिन्दुहरू एक भएर अगाडी बढ्नु आवश्यक भएकोले यस अभियानमा सबैलाई जोडिन आवहान समेत गर्नु भएको छ । साथै उहाँले यो अभियानले नेपालमा पुनः हिन्दु राष्ट्र स्थापना गर्नको लागि महत्पूर्ण भूमिका खेल्ने भएकोले यस अभियानमा आफ्नो पूर्ण साथ हरने कुरा व्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले आफ्नो धर्म संस्कृतिको स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए । उनले विश्वका सबै सभ्यताका विविध आयामहरु वैदिक सभ्यताकै देन भएको दावि गरे ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…