SamwadKhabar logo

               

पत्रपत्रिका

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

देवराज रिजाल

देवराज रिजाल

नेपाली क्रिकेट टोली ओमान प्रस्थान
भदौ ८, काठमाडौं । आज बिहान नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेका छन् । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग-२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछन् । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ। नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ। पीएनजी भने टी-२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी-२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ । नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीविरुद्ध खेल महत्वपूर्ण हुने बताएका छन् । त्यस खेलबाट नेपालले टिम सेट गर्ने र प्रयोग गर्ने अपेक्षा गरिएको छ । नेपालले सन् २०२० मा फेब्रुअरीमा नेपालमै लिग(२ को पहिलो सिरिज खेलेको थियो । त्यसको डेढ वर्ष भन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो । नेपाली टोली ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोब मुख्य प्रशिक्षक : डेभ वाटमोर व्यस्थापक : मोहम्मद दाउद अन्सारी टेक्निकल एनालिस्ट : रमन शिवाकोटी फिजियो : विक्रम न्यौपाने ट्रेनर : राकेश काशिभाई गोहित

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…