SamwadKhabar logo

कला / साहित्य

ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने

देवराज रिजाल

देवराज रिजाल

ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने
भदौ ९, काठमाण्डौ । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि शुक्रबार सञ्चालन हुने भएको छ। यसवर्षको नृसिंह जात्रा पाटनको गाःबहाल दुने चोकका कोमलेशानन्द राजोपाध्याय्को परिवारबाट सञ्चालन गरिने छ । ललितपुरका राजोपाध्याय समुदायले पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । जात्राको क्रममा पाटनको गाबहाल, पिम्वहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पुर्णचण्डी लगायत विभिन्न ठाउँमा नृसिंह देवगण सहित अप्सरा गण लगायतले यात्रा गर्ने चलन छ। कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिने चलन रहेको छ । नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…