SamwadKhabar logo

               

अर्थ व्यवसाय

१ हजार आइपिओ पर्नेले दुई महिनामै ५० हजार नाफा कमाए

देवराज रिजाल

देवराज रिजाल

१ हजार आइपिओ पर्नेले दुई महिनामै ५० हजार नाफा कमाए
भदौ १०, काठमाडौं । लघुवित्त कम्पनीहरुको आइपिओ पर्नेले धेरै नै लाभ पाइरहेका छन् । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) भर्नेको संख्या २४ लाख पुग्ने गरेको छ। यति धेरैले आइपिओ भर्दा हात पर्नेको संख्या भने ज्यादै न्यून हुने गरेको अझ लघुवित्त कम्पनीहरुको आइपिओ त भरेकामध्ये ५ प्रतिशतले पनि पाउँदैनन्। यसअघि महिला लघुवित्त र अहिले जीवन विकास लघुवित्तका सेयर धनी धेरै मूल्य पाउनेमा उदाहरण हुन्। जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्। १ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले पाएका थिए। प्रतिकित्ता १ सय रुपैयाँ मूल्यमा १० कित्ता पाउनेले जम्मा १ हजार रुपैयाँ तिरे। त्यही सेयर आज बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँ पुगेको छ। १० कित्ता बेच्नेले कुल ५१ हजार ९८० रुपैयाँ कमाए। यसरी आएको नाफाबाट ७।५ प्रतिशत पुँजीगत लाभकर भने तिर्नुपर्छ। असार ११ गते कम्पनीको आइपिओ खुलेको थियो भने २३ गते बाँडफाँड गरिएको थियो। दुई महिना नपुग्दै कम्पनीको मूल्य बजारमा प्रतिकित्ता ५१९८ रुपैयाँ पुगेको हो। साउन १४ गतेबाट दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु भएको थियो। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो। दिन सो कम्पनीको जम्मा ९५ हजार २५७ रुपैयाँको १ सय कित्ता सेयर कारोबार भएको थियो। त्यसयता दैनिकजसो १० प्रतिशतले मूल्य बढ्दै आएको हो। कम्पनीको वित्तीय अवस्था पनि मजबुत नै छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनसार असार मसान्तसम्म प्रतिसेयर आम्दानी ११३ रुपैयाँ १३ पैसा छ। प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ छ। ६० करोड ८ लाख चुक्ता पुँजी रहँदा कम्पनीले गत आर्थिक वर्ष ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जगेडा कोषको आकार १ अर्ब ३० करोडको छ। बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँमा किन्न खोज्नेले पनि सेयर पाएका छैनन्। तसर्थ वित्तीय स्थिति पनि राम्रो भएकाले अझै केही दिन कम्पनीको मूल्य बढ्न सक्नेछ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …