अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने रोनाल्डो
भदौ १७, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे ।
रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पु¥याएका हुन् । उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरोमा देइको कीर्तिमान बराबरी गरेका थिए ।
विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध पोर्चुगलले २–१ को जित हात पारेको छ । रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २–१ को जित हात पारेको हो ।
रोनाल्डोले रिपब्लिक अफ आयरल्याण्डविरुद्ध खेल्दै पोर्चुगलका लागि १८० क्याप जिते । आयरल्यान्डविरुद्धको खेलमै रोनाल्डोले पोर्चुगलका लागि १८० खेले खेले । यससँगै उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बराबरी गरे ।
सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेपछि रोनाल्डोले यो विशेष क्षणमा रहेकोले खुशी व्यक्त गरेका थिए ।