SamwadKhabar logo

कला / साहित्य

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड

देवराज रिजाल

देवराज रिजाल

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड
भदौ २२, काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । टाढा–टाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभएको हो । सङ्क्रमणका कारण मेला स्थगित गर्ने निर्णय गरिए पनि सबै क्षेत्र खुलेको सूचनाले सोमबारदेखि नै टाढा–टाढाबाट भक्तजन आउने क्रम बढ्दो छ । बिहान ४ बजेदेखि एक घण्टासम्म प्रहरीले सुरक्षा दिई भक्तजन फर्काउने प्रयास गरिएको थियो । प्रयास असफल भएपछि स्वास्थ्य सुरक्षामा असर नगर्ने गरी भक्तजनलाई मन्दिर दर्शन गर्न दिइएको हो । बाबु दिवङ्गत भइसकेकाका सन्तति भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गरी सम्झना गर्ने परम्परा छ । आजका दिन गोकर्ण आई श्राद्ध गरेमा २१ कुलसम्मका पितृले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमको भनाइ छ । कोरोना जोखिमकाबीच मेला चलाउँदा स्थानीयस्तरमा रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ भने ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था पनि गरिएको छ ।  

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…