SamwadKhabar logo

               

प्रदेश

कक्षा १२ को परीक्षा आजबाट, कोरोना संक्रमितले पनि दिने पाउने

देवराज रिजाल

देवराज रिजाल

कक्षा १२ को परीक्षा आजबाट, कोरोना संक्रमितले पनि दिने पाउने
भदौ ३०, काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ । यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिएका छन् । माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । बोर्डले कोभिड-१९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक शर्माले जानकारी दिएका छन् । कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको तर परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक शर्माले बताएका छन् । पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यक्षलाई निर्देशन दिएको बोर्डले जनाएको सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिएका छन् । परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको छ । सबै परीक्षा केन्द्रले हेल्थडेक्स राख्नुपर्ने, ज्वरो परीक्षण गरेर मात्र विद्यार्थी प्रवेश गराउने, अनिवार्य रुपमा सेनिटाइजर, मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने एउटा कक्षामा २५ जनामात्रै विद्यार्थी राख्ने गरी तयारी गरेको छ । इन्टरनेटको पहुँच भएको स्थानमा परीक्षा शुरु हुन आधा घन्टा अघि मात्रै इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी बोर्डले गरेको छ । इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइ सकिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । बोर्डले सबै केन्द्रलाई फरक(फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको शर्माले जानकारी दिएका छन् । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…