SamwadKhabar logo

               

कला / साहित्य

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२

देवराज रिजाल

देवराज रिजाल

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन-२
असोज ३, काठमाडौं । कमेडी च्याम्पियन–२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधिसँगै कार र २५ लाख नगदसमेत पाएका छन् । यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए । उनले पुरस्कारमा टिभिएस अपाचे बाइक पाएका छन् । भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुन्। उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। कमेडी च्याम्पियन नबने पनि विक्कीले धेरैको मन जितेर फर्केका छन्। देशको सीमा नाघेर आएका विक्की नेपाल र सिक्किमलाई जोड्ने प्रिय कलाकार बनिसकेका छन्। त्यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्। उनले टिभिएस स्कुटी पुरस्कार पाए । टप-३ सम्म सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हसाए। सामाजिक सन्दर्भका व्यंग्य जोडे। नेपाली टिचर उनको सर्वाधिक मन पराइएको प्रस्तुति रह्यो। फाइनलमा विजेताहरूलाई पुरस्कृत गर्न मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य कार्यक्रमका अतिथि बनेका थिए।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…