SamwadKhabar logo

               

कला / साहित्य

‘नदी सप्तक’ कविता शृङ्खला शुरु

देवराज रिजाल

देवराज रिजाल

‘नदी सप्तक’ कविता शृङ्खला शुरु
असोज ३, काठमाडौं । बागलुङमा कालीगण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ । यो अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो । अभियान कालीगण्डकी नदीमाथि भर्इरहेको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला शुरुआत गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए । मन्दक्रान्ता छन्दमा लेखिएको उक्त कवितामा कालीगण्डकीको वैभव र महिमा वर्णन गरिएको छ । शनिबारदेखि सुरु भएको कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ । यसअघि कालीगण्डकी संरक्षणमा सिर्जनामार्फत ऐक्यबद्धता जनाउन अभियानले देशभरबाट कविताको आह्वान गरेको थियो । प्राप्त कवितालाई डिजिटल माध्यमको सहारामा जनस्तरमा प्रसार गरिने अभियानकर्मी गिरीको भनाइ छ । कालीगण्डकी नदीमाथि भइरहेको चरम दोहन रोक्न अभियानले रचनात्मक तवरले दवाव बढाइरहेको छ । कविका जीवन्त रचनाले नदीसहित प्राकृतिक सम्पदा संरक्षणको मुद्दालाई सिर्जनशील ढङ्गले मुखरित गर्ने अभियानको विश्वास छ । “कविताको आफ्नै शक्ति छ, यो कला र भावनाको संयोग मात्र होइन, कविता जागरण हो, आन्दोलन हो”, अभियानकर्मी गिरीले बताए। उनका अनुसार मुलुकका दिग्गज कवि, लेखकका आवाजलाई राज्ययन्त्र र दोहनकारीसम्म पु¥याउनु ‘नदी सप्तक’ कविता शृङ्खलाको उद्देश्य रहेको छ । कालीगण्डकी नदीमाथि चलिरहेको विनाशलीलाको विरोधमा हरेक सचेत नागरिक जुर्मुराउनुपर्ने स्थिति आएको अभियानले जनाएको छ । हरेकखाले परिवर्तनका क्षणमा कवि, लेखकका योगदानको गौरवपूर्ण स्थान रहेको भन्दै अभियानकर्मी गिरीले कालीगण्डकी संरक्षणमा जोडिएर सर्जकले अर्को महत्वपूर्ण अभिभारा निभाएको टिप्पणी गरे । यही अभियानमा समर्थन जनाएर प्रसिद्ध कवि श्रवण मुकारुङले रचेको ‘ए कालीगण्डकी’ बोलको गीत अहिले ‘रेकर्डिङ’को चरणमा छ । मुकारुङकै सङ्गीत रहेको उक्त गीतमा गायक कर्ण दासले स्वर दिँदै हुनुहुन्छ । देशभरका प्रतिनिधि स्रष्टाका कालीगण्डकी पक्षधर कवितालाई पछि ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गर्ने योजना अभियानले बनाएको छ । कालीगण्डकी संरक्षणमाथि लेखिएका कविता, गीत बौद्धिक सम्पत्तिका रुपमा भावी पुस्तासम्म बाँचिरहने अभियानकर्मी गिरीले बताए । कालीगण्डकी नदीले बेहोरेको सङ्कटलाई बाहिर ल्याउन र अभियानप्रति जनमत बटुल्न काव्यको सहारा लिनुपरेको जनाइएको छ । यहाँका नदी र पर्यावरण प्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ । अभियानले बालुवा, गिटी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ । यथाशक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीको तर्क छ । धार्मिक, साँस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि कालीगण्डकी नदी जोडिएको छ । ठूला उपकरणको सहायतामा भइरहेको उत्खननले नदीलाई प्राकृतिकस्वरुपमा बिघ्नबाधा सिर्जना गरिरहेको छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले कालीगण्डकीमाथि दोहनको चक्र चलिरहेको छ । दोहनमा राज्य संयन्त्रकै संरक्षण रहेको अभियानकर्मीको आरोप छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्य भागको प्रमुख नदी प्रणाली हो । मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलले यसको धार्मिक महत्व एवं साँस्कृतिक पाटोलाई दर्शाउँछ । कालीगण्डकी सभ्यता बोकेको नदी हो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…