SamwadKhabar logo

               

कला / साहित्य

हास्यव्यङ्ग्यकार अर्यालको ८६ औँ जन्मजयन्ती

देवराज रिजाल

देवराज रिजाल

हास्यव्यङ्ग्यकार अर्यालको ८६ औँ जन्मजयन्ती
असोज ५, काठमाडौं । साहित्यिक योगदानमाथि स्मरण गरी नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उनका रचना कालजयी भएको बताए । नेपाली साहित्यबाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरु बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पक्षमाथि प्रकाश पारे । सोही अवसरमा भैरव स्मृति भवनमा नव निर्मित सभाकक्ष तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासदस्य छिरिङदोर्जे लामाले शुभारम्भ गरे । विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षका उमेरमा २०३३ साल असोज १९ गते देहत्याग ग।ेका थिए। उनका ‘जयभुँडी’, ‘काउकुती’, ‘इतिश्री’, ‘दश अवतार’, ‘गलबन्दी’, ‘उपवन’ लगायतका कृति लोकप्रिय छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…