SamwadKhabar logo

               

प्रदेश

महोत्तरीमा एकै दिन पाँच जनाद्वारा विषादी सेवन

देवराज रिजाल

देवराज रिजाल

महोत्तरीमा एकै दिन पाँच जनाद्वारा विषादी सेवन
असोज ८, काठमाडौं । महोत्तरीमा एकै दिन बेग्लाबेग्लै स्थानमा पाँच जनाले विषादी सेवन गरेका छन् । तीमध्ये चार जनाले आत्महत्या प्रयासमा विषादी सेवन गरेका हुन् भने एक बालकले अन्जानमा विषादी सेवन गरेको प्रहरीको भनाइ छ । विषादी सेवन गर्नेहरुमा महोत्तरीको भंगहा नगरपालिका–१ का १८ वर्षीय रविनकुमार मण्डल, मटिहानी नगरपालिका–१ का ३० वर्षीय थतमा खातुन, एकडारा गाउँपालिका–४ का २५ वर्षीय रविन्द्र राय, बर्दिबास नगरपालिका–६, चौलिखाका ८ वर्षीय कमलेस राउत र बर्दिबास नगरपालिका–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाए । बुधबार साँझ भंगाहाका १८ वर्षीय रविन कुमार मण्डलले घरायसी समस्याका कारण विषादी सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिकिस्त अवस्थामा उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र उनको अवस्था सुधार हुँदै गएको छ । त्यस्तै, मटिहानीकी ३० वर्षीया थतमा खातुनले घरायसी विवादको कारण विषादी सेवन गरेकी थिइन् । जिल्ला अस्पताल जलेश्वरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । एकडाराका २५ वर्षीय रविन्द्र रायले घरायसी समस्याका कारण विषादी सेवन गरेका छन् । जिल्ला अस्पताल जलेश्वरमै उनको उपचार भइरहेको जनाइएको छ । बुधबार राति बर्दिबास–६ निवासी लक्ष्मण राउतका छोरा अन्दाजी ८ वर्षीय कमलेस राउतले घरमा राखेको विषादी अन्जानमा सेवन गर्दा सिकिस्त भएको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरधामस्थित राम जानकी अस्पतालमा भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । त्यस्तै, बिहीबार महोत्तरीको बर्दिबास–९, पशुपतिनगरका १६ वर्षीय राकेशकुमार सिंहले घरायसी समस्याका कारण विषादी सेवन गरेका थिए । उनको उपचार जनकपुरधामस्थित चन्द्रकला अस्पतालमा भइरहेको जनाइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…