SamwadKhabar logo

               

राजनीति

बाइडेन–पुटिनबीच युक्रेन तनावबारे एक घन्टा फोन

देवराज रिजाल

देवराज रिजाल

बाइडेन–पुटिनबीच युक्रेन तनावबारे  एक घन्टा फोन
१ फागुन । रूस र युक्रेनको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच झन्डै एक घन्टा टेलिफोनमा कुराकानी भएको हो। टेलिफोनमा बाइडेनले रूसले युक्रेनमाथि अतिक्रमण गरे निर्णायक जवाफ फर्काउने र त्यसको गम्भीर असर हुने बताएका थिए। रूसी राष्ट्रपति कार्यालयले भने कुराकानीका क्रममा बाइडेनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को युक्रेनमा विस्तारलगायत रूसी चासोका विषयमा जवाफ नदिएको बताएको छ।ह्वाइटहाउसका उच्च अधिकारीले कुराकानीका क्रममा पुटिनले कूटनीतिक प्रयास जारी राख्ने र बाइडेनसँग सम्पर्कमा रहने बताएको जानकारी दिएका छन्। अमेरिकाले रूसले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने भन्दै आफ्ना नागरिक र केइभस्थित दूतावासका कर्मचारीलाई युक्रेन छोड्न भनेको छ। इजरायल, पोर्चुगल, बेल्जियमलगायत अरू विभिन्न मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेका छन्। रूसले भने युक्रेनको सीमामा सैनिकहरू आफ्नो भूमिको रक्षा गर्न गएको र युक्रेनमाथि हमला गर्ने कुनै मनसाय नरहेको बताउँदै आएको छ। केही हप्तादेखि युक्रेनी सीमामा १ लाख बढी रूसी सैनिक जम्मा भएका छन्। कुनैबेला आफ्नो सबैथोक चल्ने केइभको सत्ता अहिले युरोपियन युनियन र नेटोसँग जोडिन लागेपछि रूसले सीमामा सेना उतारेको हो। रूस(युक्रेन) सीमामा बढिरहेको तनावसँग रूस र युक्रेनको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए। ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।युक्रेनको उत्तरमा पर्ने बेलारूसमा ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आइपुगेका छन्। रूस र बेलारूसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारूसमा रूसी सेना पुगेको अनुमान गरिएको छ। रूस र बेलारूसले केही दिनअघि संयुक्त सैन्य अभ्यास पनि गरेका छन्। रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी केइभ नै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ। केइभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्‍यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो। रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन ९इयू० को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन ९नेटो०को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।युक्रेनलाई तीनतिरबाट आफ्ना सैनिकले घेरेर मस्कोले अहिले कूटनीतिक वार्ताहरूमा यही कुरालाई अघि सारेको छ। केही दिनअघिमात्रै मस्कोले वासिङ्टनलाई पठाएको पत्रमा नेटोले युक्रेनलाई सदस्य बनाउन नहुने माग राखिएको थियो। जुन कुरा अमेरिकाले ठाडै अस्वीकार गरेको छ। केही दिनअघि इयू र अमेरिकी अधिकारीहरूसँग भएका रूसी अधिकारीका वार्ता असफल भएका छन्। वार्ता असफल भएपछि अब रूसले युक्रेनमा अतिक्रमण गर्ने अनुमानहरू गरिएका छन्। रूसले युक्रेनमाथि कसरी हमला गर्न सक्छ भन्नेचाहिँ यकिन भइसकेको छैन। युक्रेनमाथि हमला गरे पश्चिमा मुलुकहरूले युक्रेनलाई गर्ने सैन्य सहायता, रूसी अधिकारीमाथि लगाउने प्रतिबन्धबारे पुटिन पक्कै जानकार छन्। पश्चिमाहरूसँगको सम्बन्ध मात्रै होइन युक्रेनी सेना पनि २०१४ को भन्दा अहिले बलियो भएको छ। उसले रूसी सेनालाई हराउन त नसक्ला तर उल्लेख क्षति भने गराउन सक्छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …