SamwadKhabar logo

               

विज्ञान प्रविधि

जुम्लाका चार अनुसन्धान केन्द्र वैज्ञानिकविहीन

देवराज रिजाल

देवराज रिजाल

जुम्लाका चार अनुसन्धान केन्द्र वैज्ञानिकविहीन
३ फागुन, काठमाडौँ । जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन भएका छन् । जुम्लाको उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ जुम्लाको बागवानी केन्द्रले उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भएको हो । बागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरीले दक्षजनशक्तिको अभावले नयाँ जातको बिउ अनुसन्धान गरेर किसानसम्म पु¥याउन नसकिएको बताए । उनका अनुसार बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ, तर एक जना मात्र छन् । प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ र तीनै जना प्राविधिक अधिकृत छैनन् । अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् भने सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए । उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर पर्याप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन । यो बिडम्वना हो । अनुसन्धानको काम ठप्प भएको छ ।’किसानहरूलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बिउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र विजयनगरमा स्थापना भएको छ । जग्गा, जनशक्ति र सिँचाइको अभावले गर्दा अनुसन्धानमा असर परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डलले बताए ।     भेडा बाख्रा अनुुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो । त्यहाँ कार्यरत्त डा।रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन् । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन् । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ । एक जना मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा तीन जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन् । भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा आठ जना कार्यरत छन् । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा तीन जना मात्र कार्यरत छन् । डा. शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धानलाई पूर्णता दिने काम हो । २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…