SamwadKhabar logo

               

शिक्षा

सामुदायिक विद्यालय प्रविधिमैत्री हुदैँ

देवराज रिजाल

देवराज रिजाल

सामुदायिक विद्यालय प्रविधिमैत्री हुदैँ
फागुन १०, काठमाडौँ । सिन्धुली जिल्लामा यो बर्ष ४५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन हुनेभएको छ । सामदायिक विद्यालयलाई प्रविधिमैत्री र पठनपाठन कार्यलाई सहज बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यो बर्ष ४५ वटा सामुदायिक विद्यालय सङ्घीय सरकारले छनौट गरेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर प्रयोगशाला (आईसिटी ल्याब) सञ्चालन गरिने बताइएको छ । प्रयोगशाला सञ्चालन गर्न प्रतिविद्यालय ६ लाख ५० हजार रुपियाँका दरले बजेट उपलब्ध हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत दुर्गाप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आर्थिक वर्ष २०७८–७९ मा देशभरका चार हजार १५७ विद्यालय छनोट भएकोमा सिन्धुली जिल्लाबाट ४५ वटा विद्यालय छनोटमा परेका छन् भने नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सबैभन्दा बढी कमलामाई नगरपालिकामा १० वटा र सबैभन्दा थोरै घ्याङलेख गाउँपालिकाबाट दुईवटा विद्यालय छनोटमा परेको उहाँले जानकारी दिनुभयो ।दुधौली नगरपालिकाबाट आठवटा, तीनपाटन गाउँपालिकाबाट छ वटा, फिक्कल गाउँपालिकाबाट छ वटा, गोलन्जोर गाउँपालिकाबाट चार वटा, सुनकोसी गाउँपालिकाबाट तीन वटा, मरिण गाउँपालिकाबाट तीन वटा र हरिहरपुरगढी गाउँपालिकाबाट तीन वटा विद्यालय छनोट भएको कार्यालयले जनाएको छ । गतवर्ष पनि जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५१ वटा विद्यालय छनोट भएका थिए । कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृति मावि निबुवाटारले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गतवर्ष आईसिटी ल्याब स्थापना गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिएको जानकारी दिनुभयो ।शिक्षा शाखा अधिकृत हितकुमारी पौडेल माध्यमिक तहका सबै विद्यालयमा कम्प्युटर ल्याब र इन्टरनेट पु¥याउने काम भइरहेको बताउनुभयो । विद्यालयमा इन्टरनेट जडानका लागि सङ्घीय सरकारको अनुदानमा १२ हजार रुपियाँ दिने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र १८ वटा मावि र दुई निमाविमा कम्प्युटर ल्याब स्थापना भइसकेको छ । सबै २६ वटै माविमा इन्टरनेट जडानको अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…