SamwadKhabar logo

               

शिक्षा

रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पठनपाठन हुने

देवराज रिजाल

देवराज रिजाल

रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पठनपाठन हुने
१९ फागुन, काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न महानगरपालिकाले आर्थिक सहगोग गरेको छ।बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेका थिए।गएको कात्तिक १६ गते बसेको कामपाको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख उपलब्ध गराउने निर्णयअनुरुप बुधबार उक्त रकम उपलब्ध गराएको हो। ‘आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पुर्‍याउन हामीले लगानी गरेका हौँ’, प्रमुख शाक्यले भने।नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन्।विगत केही वर्ष सञ्चालन भएका कक्षापछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो, तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्नै निवेदन दिएका थिए’, क्याम्पस प्रमुख ज्ञवालीले भने। अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै काठमाडौँ महानगर

१६ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यम…

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना

१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्द…

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका प…