SamwadKhabar logo

               

राजनीति

काठमाडौं महानगरको निर्वाचन फाइनल परीक्षाः नेता सिंह

संवाद खबर

संवाद खबर

काठमाडौं महानगरको निर्वाचन फाइनल परीक्षाः नेता सिंह
फागुन १९, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् ।आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले भने, ‘कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिको मूल्यांकन स्थानीय तहको निर्वाचनबाट हुन्छ । काठमाडौं महानगरको चुनाव ‘फाइनल परीक्षाजस्तै’ हो ।’ गत चुनावमा महानगरमा एमालेले जित हासिल गरेको उल्लेख गर्दै उनले फोहोरमैला व्यवस्थापन हुन नसकेको, पार्किङको समस्या समाधान हुन नसकेको भन्दै आलोचना गरे। अब पाँच वर्षको मूल्यांकन गरेर कांग्रेसले जित हासिल गर्नेगरी मतदातासामु जानुपर्ने उनको भनाइ छ । ‘मुद्दा पहिचान गरेर मतदातासामु जानुपर्छ, त्यसपछि मात्र मतदाताले मत दिन्छन्,’ उनले भने । कांग्रेस काठमाडौं महानगरले आयोजना गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले ३२ वटै वडामा वडा समिति र टोल समितिलाई क्रियाशील बनाउन निर्देशन दिए । चुनावमा सबै नेताहरूले दाबी गर्न पाउने भए पनि ‘मै हुनुपर्छ’ भावना हुन नहुने उनको भनाइ छ । ‘दाबी गर्न पाइन्छ । तर, मै हुनुपर्छ भन्ने हुँदैन । विधि प्रक्रिया छ,’ उनले भने, ‘कांग्रेसमा व्यक्तिभन्दा पनि रुखलाई हेरेर प्रचारप्रसार गर्नुपर्छ ।’

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोला…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा

२१ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम …