SamwadKhabar logo

               

धर्मशास्त्र

राष्ट्रगुरु योगी नरहरिनाथको १०८ औं जन्मजयन्ती आयोजित

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रगुरु योगी नरहरिनाथको १०८ औं जन्मजयन्ती आयोजित
१९ फागुन, काठमाडौँ । विश्व हिन्दू परिषद्, नेपालले राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती आयोजना गरेको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले पूज्य योगी नरहरिनाथको जीवन र कार्यबारे विषय राख्नु भएको थियो । नेपालमा हिन्दुत्व भाव जागरण, समाजमा आध्यात्मिक विचार, शैक्षिक चेतना जागरण जस्ता पुनीत कार्य पूज्य योगीजीले गर्नुभएको उहाँले स्मरण गर्नुभयो । देशका विभिन्न स्थानमा कोटिहोम आयोजना गर्दै समाजलाई यज्ञमय जीवनका लागि प्रेरित गर्ने राष्ट्रगुरुको जीवन सबै नेपालीले अध्ययन गरेर त्यसबाट हाम्रो सुन्दर स्वदेशलाई झनै सुन्दर, सुसंस्कृत बनाउनतर्फ लाग्नुपर्ने प्रेरणा लिनुपर्नेमा उहाँले जोड़ दिनुभयो । पूज्य योगीजीसँग प्रत्यक्ष दर्शन एवं सत्संगलाभ गर्नुभएका कार्यक्रमका मुख्य अतिथि बल बहादुर कार्कीले आफूलाई आध्यात्मिक पथमा हिँड्न उहाँले नै प्रेरित गर्नुभएको बताउनु भयो । योगीजीका असंख्य कृतिहरू दाङको चौघेरामा अप्रकाशित रूपमा रहेको तथा हाल लगभग ६० जति ग्रन्थ प्रकाशित रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो । संस्कृत शिक्षाका निम्ति उहाँको सद्प्रयासबारे स्मरण गर्दै उहाँले योगीजी झै संस्कृत र संस्कृतिको उत्थान र राष्ट्रको हित चिन्तनमा लाग्नु हाम्रा निम्ति पनि श्रेयस्कर हुने विचार उहाँले व्यक्त गर्नुभयो । नेपालको इतिहास खोज्ने र छुटेका कड़ी जोड्ने कार्यमा उहाँको अतुलनीय योगदान रहेको उहाँले उल्लेख गर्नुभयो । जाउलाखेलस्थित हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको कार्यलयमा आयोजित कार्यक्रममा समाजका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…