SamwadKhabar logo

               

कोशी प्रदेश

प्राज्ञिक को सुझाव प्रदेश १ को नाम सगरमाथा

देवराज रिजाल

देवराज रिजाल

प्राज्ञिक को सुझाव प्रदेश १ को नाम सगरमाथा
२३ फागुन, काठमाडौँ । बिराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, विभिन्न भूगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकूल महशुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महशुस गर्नसकिने खालको नाम राख्दा उचित हुन्छ ।’ नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्बोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्ने भएकाले योभन्दा उत्तम विकल्प कुनै पनि नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको हो । यही नामले प्रदेश १ का जनतालाई आत्मगौरवका साथ भावनात्मक एकताको सूत्रमा बाँध्ने परिषद्को विश्वास छ । प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, प्रदेश सचिव विवस कटुवाल, केन्द्रीय सदस्य जीवन निरौला, प्रदेश प्रदेश संगठन सचिव बिष्णुप्रसाद पंगेनी लगायतको उपस्थितिमा सुझाव पत्र हस्तान्तरण गरिएको हो । परिषद्ले प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियोे । सोही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको प्रदेश सचिव कटवालले जानकारी दिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …