SamwadKhabar logo

               

धर्मशास्त्र

धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व

संवाद खबर

संवाद खबर

धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व
फागुन २४, काठमाडौँ । जोक्पा छेन्पो थर्पालिङ गुम्बाद्वारा आयोजित ल्होछार साँस्कृतिक कार्यक्रममा बोल्ने लामा गुरु तथा अतिथि वक्तहरुले धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धनमा गुम्बाको विशेष महत्व रहेको बताएका छन् । शनिवार काभ्रेको रोशी गाउँपालिका वडा–२ स्थित ठूलो गाउँमा जोक्पा छेन्पो थर्पालिङ गुम्बा समितको आयोजनामा भएको सो कार्यक्रममा उक्त भनाई राखेका हुन् । धर्म संस्कृतिले आफ्नो पहिचानको प्रतिनिधित्व गरेको र समाजलाई अनुशासनको दायरामा राख्न सहयोग पुग्ने वक्तहरु भनाई छ । विगत ३ वर्षदेखि आयोजना गर्दै आएको पूजा तथा साँस्कृतिक कार्यक्रममा पूर्वमन्त्री रेशम लामा, बागमति प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री चन्द्र लामा, नेता  लप्साङ तामाङ पाख्रिन, बौद्ध धर्मगुरु खेन्पो ङावाङ योन्जन लामा, कोशिस लोब्सङ वाईवा लगायत व्यक्तित्वहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । धर्म संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नका लागि आयोजित सो कार्यक्रममा लामा गुरुहरुले बौद्ध धर्म र ल्होछारको विशेषताबारे भनाई राखेका थिए । त्यस्तै अतिथिहरुले पनि रोशीको साँस्कृतिक पक्षहरुलाई प्रर्वद्धन गर्न जोड दिए । विकास निर्माणसंगै साँस्कृतिक पहिचान र प्रर्वद्धनमा स्थानीयहरुको जिम्मेवारी रहेको उल्लेख गर्दै आफ्नो घरदेखि नै भाषा, धर्म र संस्कृतिको विकास गर्न आग्रह गरेका थिए । तीन वर्ष अगाडी शिलान्यास भएको सो गुम्बा दुई तलाको भवन निर्माण भईसकेपनि सम्पन्न हुन बाँकी रहेको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । हरेक वर्ष गुम्बा समितिले ल्होछार सम्बन्धि विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेका छन् । कलाकारहरुको समेत प्रस्तुति रहेको कार्यक्रममा विभिन्न स्थानबाट मानिहरु सहभागी जनाएका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…