SamwadKhabar logo

               

विज्ञान प्रविधि

‘सरकारले स्वदेशी ओटीटीको ढोकै बन्द गरिदियो’

संवाद खबर

संवाद खबर

‘सरकारले स्वदेशी ओटीटीको ढोकै बन्द गरिदियो’
फागुन २४, काठमाडौं । डिजिटल प्लेटफर्म (ओटीटी) सञ्चालनका लागि इजाजत लिन सरकारलाई एक करोड रुपैयाँ बुझाउनुपर्ने प्रावधानले स्वदेशी ओटीटीको ढोका बन्द भएको चलचित्रकर्मीले बताएका छन् । यति मोटो रकम इजाजत लिनका लागि मात्रै तिर्नुपर्ने सरकारी नीतिका कारण ओटीटीमा लगानी गर्न आकर्षित नगर्ने चलचित्र निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । “इजाजतकै लागि यति धेरै रकम किन सरकारले लिन लागेको हो भन्ने मैले बुझेको छैन । यदि, सरकारले यही नियम लागु गर्ने हो भने अब नेपालमा नेपाली ओटीटी प्लेटफर्म तत्काल आउँछन् भन्ने लाग्दैन,” दीपेन्द्र भन्छन्, “नेपालका ओटीटीलाई एक करोड रुपैयाँ लिने सरकारले विदेशी प्लेटफर्मलाई के गर्छ ? नेटफिल्क्सलगायतलाई कसरी नियमन गर्छ ? ” यति मोटो रकम तिरेर नेपाली युजर (प्रयोगकर्ता) लाई सेवा दिन उनीहरू तयार नभए नेपाली मेकरले आफ्ना चलचित्र नेटफिल्क्समा राख्न गरिरहेको प्रयास पनि खेर जाने उनको भनाइ छ । नेपाली युजर नै नभएपछि उनीहरूले नेपाली चलचित्र आफ्नो प्लेटफर्ममा राख्न चासो नदिने दीपेन्द्रको बुझाइ छ । यदि, एक करोड रुपैयाँ तिरेर नेपालमा बस्न नेटफिल्क्सले फाइदा नदेखे नेपाली दर्शक वर्ल्ड सिनेमा हेर्नबाट पनि वञ्चित हुने उनी बताउँछन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने रात्रपत्रमा प्रकाशित भइसकेकाले अब कार्यान्वयनमा जाने जनाएको छ । कुनै न कुनै तरिकाले नियमन आवश्यक भएको र करको दायरामा ल्याउनुपर्ने भएकाले सरकारले लामो अध्ययन गरेर यो कदम चालेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव विनोद प्रकाश सिंह बताउँछन् । लामो अध्ययन र सरोकारवालासँगको छलफलपछि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा १९औँ संशोधन गर्दै नयाँ व्यवस्था गरेको उनी बताउँछन् । “अहिले को कहाँबाट कसरी चलिरहेका छन् भन्ने जानकारी पनि हुँदैन । कहाँ दर्ता भएका छन्÷छैनन् भन्ने पनि थाहा छैन । करको दायरामा ल्याउनुपर्छ भन्ने पनि हाम्रो उद्देश्य हो,” प्रवक्ता सिंहले भने । अब सञ्चालनमा आउनेले मात्रै होइन, यसअघि नै सञ्चालनमा आइसकेका ओटीटी (डिजिटल प्लेटफर्म) ले पनि दर्ता हुनुपर्नेछ । अहिले भइरहेका ओटीटीलाई मन्त्रालयले तीन महिनाको समय दिएर दर्ता प्रक्रियामा आउन आह्वान गर्ने तयारी गरिरहेको छ । “अब आउने नयाँ ओटीटीका लागि मन्त्रालयले बनाएको नियम–कानुनबमोजिम दर्ता गरेर आउनुपर्छ । अहिले भइरहेकालाई हामी तीन महिनाको समय दिएर दर्ताका लागि आह्वान गर्नेछौँ,” उनले भने । मन्त्रालयले गरेको नयाँ व्यवस्थासँगै अब ओटीटीमा लगानी गर्न जो–कसैले नसक्ने निर्देशक प्रदीप भट्टराई बताउँछन् । अब ओटीटीमा लगानी गर्न व्यापारिक घराना नै आउनुपर्ने उनको धारणा छ । व्यापारिक रूपमा सफल भएका व्यवसायीले मात्रै ओटीटीमा लगानी गर्न सक्ने उनी बताउँछन् । अहिलेसम्म नेपाली ओटीटीले कन्टेन्टमा खासै धेरै लगानी नगरेको भन्दै अब दर्ता प्रक्रियादेखि ठूलो रकम खर्चिनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । “ओटीटीका लागि करोड रुपैयाँ जायज हो वा होइन त्यो मलाई थाहा छैन । निर्देशिका आएपछि यसबारे थप स्पष्ट होला,” प्रदीप भन्छन्, “हाम्रोमा सामान्यतया ओटीटीको कन्टेन्टमा खासै लगानी गरेको पाइँदैन । कसैले कुनै पसल थाप्छ भने त्यसमा लगानी गर्नुपर्छ । बजारले रुचाएको र बिक्री हुने सामानमा लगानी गर्नुपर्छ । तर, हाम्रा ओटीटीले अहिले कन्टेन्टमाथि लगानी गरेको देखिँदैन ।” सिनेमाघरसम्म पहुँच नभएका व्यक्तिसम्म पुग्ने माध्यम ओटीटी प्लेटफर्म आफैँमा राम्रो भएको तर नेपालमा यसमा खासै धेरै लगानी नभएको उनी बताउँछन् । कोभिड–१९ संक्रमणको जोखिमका कारण विश्व लकडाउनमा बसेको समयमा विश्वभर ओटीटी प्लेटफर्म थप लोकप्रिय बनेको थियो । सिनेमा हल बन्द हुँदा बलिउड र हलिउडका ठूला सिनेमा ओटीटीमा रिलिज भएका थिए । तर, मिनिमम ग्यारेन्टी ९एमजी०समेत गर्न सक्ने ठूलो लगानीका ओटीटी नरहेका कारण चलचित्रमा भएको ठूलो रकम दुई वर्षभन्दा लामो समय ‘फ्रिज’ भएर बसेको थियो । त्यसैले नेपालमा ठूलो लगानीमा कन्टेन्टमा मोटो रकम लगानी गर्न सक्ने ओटीटीको आवश्यकता महसुस भएको थियो । इजाजत रकमसँगै सरकारले यसको प्रसारण र कन्टेन्टमा पनि ध्यान दिन खोजेको छ । ओटीटी सञ्चालन गर्ने इजाजतप्राप्त व्यक्ति वा संस्थाले कम्तीमा ६० दिन आफूले प्रसारण गरेका सामग्री सुरक्षित राख्नुपर्ने र राज्यले मागेको खण्डमा उपलब्ध गराउनुपर्ने पनि नियमावलीमा उल्लेख छ । ओटीटीले आफ्नो वेबसाइटमा गुनासो सुन्ने अधिकारीको नाम र नम्बर राख्नुपर्ने र गुनासो आएको खण्डमा ३० दिनभित्र त्यसको सम्बोधन गर्नुपर्ने पनि नियमावलीमा उल्लेख छ । सरकारले नियमावली संशोधन गर्दै ओटीटी सञ्चालनका लागि एक करोड रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेपछि केही चलचित्रकर्मी तथा ओटीटी सञ्चालकहरू सञ्चार मन्त्रालयमा ‘डेडिकेसन’ जाने तयारी गरिररहेका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…