SamwadKhabar logo

               

अर्थ व्यवसाय

जीटुजी मल खरिदका लागि कार्यदल गठन

संवाद खबर

संवाद खबर

जीटुजी मल खरिदका लागि कार्यदल गठन
फागुन ३०, काठमाडौँ । नेपाल सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) प्रणालीअन्तर्गत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । भारतले पनि यस्तै कार्यदल गठन गरेको छ । दुवै कार्यदलको संयुक्त भर्चुअल बैठक चैत २ गते बस्न लागेको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । संयुक्त बैठकले नेपालले खरिद गर्ने मलको मूल्य निर्धारणलगायत आयातका लागि अन्य मापदण्ड तय गर्ने उहाँले बताउनुभयो । मल खरिद बिक्रीसम्बन्धी सम्झौतापत्रमा दुवै देशका अधिकारीले हस्ताक्षर गरिसकेका छन् । फागुन १६ गते भएको सम्झौतामा नेपालका तर्फबाट कृषि सचिव डा। गोविन्द शर्मा र भारतका तर्फबाट रासायनिक तथा मलखाद मन्त्रालयका सचिव राजेन्द्रकुमार चतुर्वेदीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि मल कसरी ल्याउने, कुन सिजनमा कति मल ल्याउने, त्यसको मूल्य कसरी गर्नेलगायत अन्य प्रक्रियाबारे छलफल गर्न दुवै देशको संयुक्त कार्यदल बनेको हो । सो कार्यदलमा संयोजक सहसचिव गैरेसहित कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्की, वैदेशिक सहायता समन्वय शाखाका प्रमुख शङ्कर सापकोटा, आर्थिक शाखा प्रमुख निर्मल न्यौपाने, कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका प्रमुख प्रियमवदा जोशी रहनुभएको छ । यसमा परराष्ट्र, अर्थ, कानुन र उद्योग, वाणिज्य मन्त्रालयबाट एक÷एक जना उपसचिव रहने कृषि मन्त्रालयका सहसचिव गैरे बताउनुभयो । संयुक्त कार्यदलका लागि आफूहरूले नौ जनाको नाम भारत पठाइसकेको तर भारतको कार्यदलको नाम हालसम्म प्राप्त नभएको उहाँले बताउनुभयो ।भारत सरकारबाट पाँच वर्षसम्म युरिया र डीएपी मल खरिद गर्ने सम्झौता भएको छ । मन्त्रालयले पाँच वर्षमा नौ लाख ३५ हजार मेट्रिक टन मल खरिद गर्नेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …