SamwadKhabar logo

               

संघीय खबर

सिलाइ व्यवसायका सामानमा विशेष छुट दिइनुपर्छः मन्त्री आले

संवाद खबर

संवाद खबर

सिलाइ व्यवसायका सामानमा विशेष छुट दिइनुपर्छः मन्त्री आले
चैत ८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, “पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।” मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराए । सिलाइ व्यवसायीलाई आवश्यक पर्ने सामान खरिद गर्नमा राज्यले विषेश छुट दिनुपर्नेसमेत बताए । कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफूले कुरा गर्नेसमेत मन्त्री आलेले आश्वासन दिए । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए । रासस

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…