SamwadKhabar logo

               

विश्व

चीन विमान दुर्घटना : उद्धारकर्मी खोजीमा

संवाद खबर

संवाद खबर

चीन विमान दुर्घटना : उद्धारकर्मी खोजीमा
चैत ८, काठमाडौं । दुर्घटनामा परेको चिनियाँ विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ । उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक विमानमा १३२ यात्रु सवार थिए । गुआङजी प्रान्तको एक पहाडमा जंगलबीच दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । उद्धारका लागि घटनास्थलमा सयौँ अधिकारी पठाइएको छ । दुर्घटनाले यति बेला पूरै चीनलाई स्तब्ध बनाएको छ । राष्ट्रपति सी चिनफिङले पनि दुःख व्यक्त गर्दै ठूलोस्तरमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । स्थानीय मिडिया रिपोर्टका अनुसार विमानका केही अंशहरू ठाउँठाउँमा भेटिएका छन् । तर, दुर्घटनास्थल अत्यन्तै विकट पहाडी भेगमा भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ । यात्रुका लगेज, वालेट, परिचयपत्रलगायत सामान पनि फेलापरेको बताइएको छ । दुर्घटनापछि जंगलमा भीषण आगलागी भएको थियो । यद्यपि, अझैसम्म क्षतिको यकिन विवरण प्राप्त भएको छैन । विमानमा सवार १३२ जना नै जीवित नरहेको हुन सक्ने अनुमान छ । परिवार र साथीभाइ ग्वाङजाउको अन्तर्राष्ट्रिय विमानस्थलमा केही खबर आउने आसमा पर्खिएर बसेका छन् । चाइना इस्टर्न एयरलाइन्स कुनमिङबाट उडेको थियो । त्यसको एक घण्टापछि दुर्घटनामा परेको हो । स्थानीय रिपोर्टका अनुसार विमानमा एक किशोरसहित ६ मानिसको समूह ग्वाङजाउमा एक अन्त्येष्टि कार्यक्रममा उपस्थित हुन यात्रारत थियो । एक महिलाका अनुसार उनकी दिदी पनि त्यही समूहमा थिइन्, तर अन्तिममा यात्रा गर्न पाइनन् । उनी भन्छिन्, “अहिले म तर्सिएको छु ।” विमानस्थलमा पर्खिरहेका अर्का एक व्यक्तिले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने, “मेरा सहकर्मी पनि त्यहाँ थिए । उनको परिवारमा अहिले रुवाबासी चलिरहेको छ । उनकी आमालाई त यो सबै विश्वासै लागिरहेको छैन । किनकि, उनका छोरा भर्खर २९ वर्षका थिए ।” बीबीसीबाट ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…