SamwadKhabar logo

               

विविध

राष्ट्रपतिबाट ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रपतिबाट ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान
४ बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरेकी छिन्। नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो। प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो। समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताइन्। उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गरिन्। पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए। स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उनले चित्रण गरे। समारोहमा विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो। सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो। नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन्। नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ। प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थिए। ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ।

ताजा

सबै

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ…

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

लोकप्रिय

सबै

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

काठमाडौंमा एमालेद्वारा उम्मेदवार सार्वजनिक

२२ कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर १६ गते हुने स्थानीय त…

यो पनि

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

२५ कार्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरे…

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका ल…