SamwadKhabar logo

               

मनोरञ्जन

तामाङ फिल्म इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा

संवाद खबर

संवाद खबर

तामाङ फिल्म इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा
वैशाख ७, काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ कथानक चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ । ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको उक्त चलचित्र युटुबमा अपलोड गरेको ४ दिनपछी युटुबको ४४ ट्रेन्डिङमा आएको हो । उक्त चलचित्रले तामाङ इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा आएको चलचित्रमा नाम दर्ता गर्न सफल भएको छ । यो चलचित्रको समाचार तयार पार्दासम्म युटुबमा उक्त चलचित्रलाई १ लाख ४३ हजार ५७९ बढी दर्शकले हेरिसकेका छन् । अहिले कुनै पनि प्रकारको भिडियो,चलचित्र युटुबको ट्रेण्डिङमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् । तामाङ मेगास्टार कुमार मोक्तानले दर्शकको मायामा कारण युटुबको ट्रेण्डिङमा आएको बताएका छन । ‘दर्शकको मायाको कारण तामाङ इतिहासमा नै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ । हामी र हाम्रो टिम खुशी छौ ।’ उनले भने । मोक्तानले थप हौसला मिलेको समेटा बताए । तामाङ मेगास्टार कुमार मोक्तान तामाङ चलचित्र संघका वर्तमान अध्यक्ष समेत हुन । सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका हुन । निर्माता मोक्तानका अनुसार आफु एकदमै खुशी रहेको बताएकी छिन । ‘तामाङ इतिहासमै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’ चलचित्र युटुब ट्रेण्डिङमा आएको छ । यो एकदमै गर्वको कुरा हो । म एकदमै खुशी छु ।’ उनले कोरोना महामारीको कारण एकपटक मात्रै च्यारिटी शो गर्न सफल भएको बताएकी छिन् । अब चाडै अर्को चलचित्र निर्माण गर्ने बताएकी छिन् । चलचित्रलाई नायिका सीता लामाले निर्देशन गरेकी हुन भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो । चलचित्रमा सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ । https://youtu.be/_VkBCtJcwRc

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …