SamwadKhabar logo

               

युवा

प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंमा प्रारम्भ

संवाद खबर

संवाद खबर

प्राज्ञिकको राष्ट्रिय शिक्षक वर्ग  काठमाडौंमा प्रारम्भ
वैशाख १६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय शिक्षक वर्ग काठमाडौंको जर्सिङ पौवामा प्रारम्भ भएको छ । कलेज तथा विश्वविद्यालयमा अध्यापन गराउने शिक्षक र प्राध्यापकहरूको उपस्थितिमा नेपालको वर्तमान शैक्षिक अवस्थाको विषयमा वृहत् बहस, विद्यार्थी परिषद्को कार्यमा शिक्षकको भूमिका र आगामी कार्ययोजना तय गर्ने उदेश्यले आयोजना गरेको राष्ट्रिय शिक्षक वर्ग खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा शिलु बज्राचार्यको प्रमुख आतिथ्यमा काठमाडौको जर्सिङ पौवामा उद्घाटन भएको हो ।   कार्यक्रममा खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु बज्राचार्यज्युले नेपालको ओैपचारिक शिक्षाको अवधि छोटो रहेपनि ज्ञानको दायरा भने अत्यन्तै गहन र गहकिलो साथै वैदिक कालदेखि नै हिमालय क्षेत्र ध्यान र ज्ञानका लागि सर्वेपरिरहेको इतिहास, मान्यता र जनश्रुतिमा पनि रहि आएको कुरा बताउदै विद्यार्थी परिषद्ले यही कुरालाई अनुसरण गरेर राम्रो कार्य गरेको र राष्ट्रिय शिक्षक वर्ग संचालन गरेकोमा बधाई एवम् शुभकामना दिनुभयो । वैशाख १५, १६ र १७ गते सम्म संचालन हुने त्रिदिवसिय राष्ट्रिय शिक्षक वर्गको उद्घाटन सत्रमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कंडेलज्युले विद्यार्थी परिषद्को लक्ष्य उदेश्य , शिक्षको भूमिका र कार्यक्रमको बारेमा विषयबस्तुहरू राख्दै गुरूकुलिय शिक्षण पद्धति देखि आधुनिक शिक्षा र शिक्षा क्षेत्रमा भएको व्यत्त राजनीतिक भागबन्डा , खस्कदो शैक्षिक गुणस्तर र संस्कारको विषयमा गहन बहस गर्नु पर्ने बताउदै उपस्थिति सम्पुर्ण शिक्षक तथा प्राध्यापकहरूलाई स्वागत गर्नु भएको थियोे । त्यसैगरी मित्र राष्ट्रबाट पाल्नु भएका अखिल भारतिय विद्यार्थी परिषद्का पुर्व राष्ट्रिय अध्यक्ष एवम् भारतका प्रा।डा नागेश ठाकुरज्युले विद्यार्थी परिषद्ले गरेको यश शिक्षक वर्गको प्रशंसा गर्दै सफलताको शुभकामना व्यत्त गर्नु भएको थियोे । तीन दिन सम्म चल्ने राष्ट्रिय शिक्षक वर्गमा अलग अलग सत्रहरू ११ वटा सत्रहरू संचालन हुने र बृहत् रूपमा शैक्षिक बहस र शिक्षाक्षेत्रमा शिक्षकको भूमिकाको बारेमा छलफल गरेर आगामी कार्ययोजना तयार गर्ने परिषद्का पुर्व राष्ट्रिय अध्यक्ष एवम् केन्द्रीय विशेष आमन्त्रित सदस्य प्रा.डा रामजी गौतमज्युले बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा खुल्ला विश्वविद्यालयका उपकुलपति शिलु बज्राचार्य , शिक्षाविद प्रा. डा पुष्पराज बज्राचार्य , प्रा.डा रामजी गौतम, विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपिनाथ कंडेल, उपाध्यक्ष अज्युत पन्त, पुष्पराज खतिवडा, राष्ट्रिय महासचिव छितराज न्यौपाने, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कंडेल, शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव जोसी, अखिल भारतीय विद्यार्थी परिषद्कापुर्व राष्ट्रिय अध्यक्ष एवम् शिम्ला विश्वविद्यालयका प्रा. डा नागेश ठाकुर, निखिल रन्जन लगायत विद्यार्थी परिषद्का अन्य केन्द्रीय पदाधिकारी र देशभरबाट ४० जनाभन्दा बढि शिक्षकहरूको उपस्थिति रहेको थियोे ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…