SamwadKhabar logo

               

धर्मशास्त्र

हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति चौतर्फी आलोचाना

संवाद खबर

संवाद खबर

हप्ताको दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति चौतर्फी आलोचाना
वैशाख १६, काठमाडौँ । नेपाल सरकारले विभिन्न बहना गर्दै आउँदो जेठबाट लागु हुने गरी हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि चौतर्फी आलोचाना भएको छ । आईतबार र शनिवार विदा दिने  मन्त्रीपरिषदको निर्णयलाई विभिन्न संघसंस्था तथा राष्ट्रियताको पक्षधारहरुले विरोध जनाउँदै आएका छन् । आईतबार पनि विदा दिनु विदेशी तत्वहरुको हस्ताक्षेप भएको आरोप छ । मुलुकको स्वभिमानलाई लत्याउन पश्चिमी शैली अपनाउँदै नेपाली पहिचानको मर्मविपरीत आईतबार पनि विदा दिनु राष्ट्रियताको लागि दूभाग्य भएको जानकारहरु बताउँछन् । पछिल्लो समयमा नेपालको संविधानको जग नै भत्काई मौलिकतालाई धराशायी बनाउन विदेशी हस्ताक्षेप भईरहेको बताउँदै नेपालको नेतृत्व गर्नेहरुले पश्चिमीकरण गर्न खोजिएको आरोप लगाएका छन् । हप्ताको दुई दिन सार्वजनिक विदा हुँदा विद्यालय क्षेत्र र सरकारी सेवाप्रदायक क्षेत्रमा असर पुग्ने विज्ञहरुको भनाई रहेको छ । नेपाल जस्तो विकशिल तथा विकासोन्मुख देशमा राज्यले दुई दिन सार्वजनिक विदा गराएर नागरिकलाई सक्रिया बन्ने अवसरबाट मुक्ति बनाउन खोजिएको आरोप छ । त्यस्तै शनिवार र आईतबार विदा गर्ने प्रस्ताव इसाई मेसिनरीको हस्ताक्षेपबाट भएको संकेत गराउँदै देशको मौलिकता र नेपाली पहिचानलाई समाप्त पार्दै लान खोजिएको हिन्दू स्वयमसेवक संघ नेपालको आरोप छ । नेपाली अस्तित्व र नेपाली पात्रोको समेत अवमूल्य गर्दै पश्चिमी पात्रो अनुसार देशलाई चलाउन खोजिएको भन्दै सरोकारवालाहरुलाई सचेत हुन आग्रह गरेको छ । नेपाली भाषा, धर्म, संस्कृति र रीति–रिवाजलाई ओझेलमा पार्न पटक–पटक नेपाली सम्बत हटाउन खोज्दै देबनागरिक लिपि समेत हटाउने पयास भईरहेको छ । पछिल्लो समयमा नेपालमा सञ्चालित सवारी साधनहरुमा समेत इम्बोस्ट नम्बर लागू गर्ने लगायत पश्चिमी इसाई योजना नेपालमा लागू गरेकोमा आपत्ति जनाउँदै निकट भविश्यमा नेपालीपन लोभ हुँदै जाने खतरा बढेकोले सरकारले गरेको आईतबारको सार्वजनिक विदालाई कार्यन्वय नगराउन सचेत गर्नुपर्ने माग गरेका छन् ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…