SamwadKhabar logo

               

मनोरञ्जन

रनवे ३४ कुशल पाइलटको कथा

देवराज रिजाल

देवराज रिजाल

रनवे ३४ कुशल पाइलटको कथा
१९ बैशाख, काठमाडौँ । फेरि एक पटक बलिउड अभिनेता अजय देवगनले चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन् । उक्त चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा अनुभवी पाइलट विक्रान्त खन्ना (अजय देवगन) र उनका सहपाइलट तान्या (रकुलप्रित सिंह)ले खराब मौसमको अवस्था, बाहिरको कमजोर दृश्य, इन्धनको अभाव र आतङ्कित यात्रुको बीचमा कसरी प्लेनलाई सुरक्षित अवतरण गर्छन् भन्ने चलचित्रमा देखाइएको छ । चलचित्रमा प्लेनमा बसेका यात्रुहरू कसैलाई चोट लाग्न नदिकन विक्रान्तले सकुशल अवतरण गराउँछन् । यस चलचित्रमा विक्रान्तलाई धेरै नै होसियार पाइलटका रूपमा देखाउन खोजिएको छ । आफूमा फोटोग्राफी दिमाग पाएकोमा गर्व गर्ने र प्लेनभित्र हुने हरेक कुरा र प्लेनमा भएका हरेक कुरा सम्झिरहने क्षमता भएको विक्रान्तको भूमिकालाई अजय देवगनले राम्रो अभिनय प्रस्तुत गरेका छन् । विक्रान्तलाई चकित पार्ने जति कठिनाइ आए पनि उनी नआत्तिकन आफ्नो लक्ष्यमा सफल हुन्छन् । विक्रान्तको साहसी कार्यको सबैले प्रशंसा गर्नुपर्छ र गर्छन् । तर यसो हुँदाहुँदै पनि उनी प्रश्नको घेरामा पर्छन् । यीबाहेक चलचित्रमा वुमन इरानी, आकाङ्क्षा सिंह, अङ्गिरा धर र युट्युबर क्यारी मिनातीको पनि अभिनय छ । समग्रमा ‘रनवे ३४’ अजय देवगनको उत्कृष्ट चलचित्रमध्ये एक हो भन्दा फरक पर्दैन । चलचित्रमा थोरै झट्का छ, थोरै इन्धन कम छ तैपनि निर्देशकले चलचित्रलाई सजिलै दर्शकसामु अवतरण गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …